मुख्यमन्त्री डा. सरमाले किशोर कुमारको जयन्तीमा दिए श्रद्धाञ्जलि
मुख्यमन्त्री डा. सरमाले किशोर कुमारको जयन्तीमा दिए श्रद्धाञ्जलि


- भूपेन दासित उनको रचनात्मक सम्बन्धलाई स्मरण गरे

गुवाहाटी, 04 अगस्त (हि.स.)। असमक मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार महान गायक किशोर कुमारको जयन्तीमा उनलाई श्रद्धाञ्जलि अर्पण गरे। उनले सोशल मीडिया प्लेटफर्ममा लेखेका छन्, आज विश्वविख्यात गायक किशोर कुमारको जयन्ती हो। लाखौं हृदयलाई आफ्नो आवाजले छोएर समयको बालुवामा अमेट छाप छोड़्ने यस महान कलाकारलाई आज यस विशेष दिनमा श्रद्धापूर्वक स्मरण गर्दछु।

मुख्यमन्त्रीले अझ लेखेका छन्, हाम्रा प्रिय श्रद्धेय भूपेन दाको जन्म शताब्दी मनाउने दिशामा अग्रसर हुँदै हामी आज फेरि एकपटक सुधाकण्ठ भूपेन हजारिका र किशोर दामाझको त्यस गहिरो रचनात्मक डोरालाई स्नेह अनि सम्मानपूर्वक स्मरण गरिरहेका छौं।

मुख्यमन्त्रीले एउटै फ्रेममा दुई महान कलाकारहरू क्रमैले किशोर कुमार र भूपेन हजारिकाको कलात्मक यात्रा अनि योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande