कोलकाता, 4 अगस्त (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार महान गायक, गीतकार, संगीतकार औ अभिनेता किशोर कुमारको जयन्तीमा उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। उनले सोशल मीडिया मञ्च एकेसमा लेखेकी छन्, महान गायक, गीतकार, संगीतकार औ अभिनेता किशोर कुमारको जयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जलि। उनी भारतवर्षमा बंगाली प्रतिभाको सफलताका प्रतीक थिए।
किशोर कुमार जसको जन्म 4 अगस्त, 1929-मा मध्यप्रदेशको खण्डवामा भएको थियो, भारतीय फिल्म एवं संगीत जगतका सबैभन्दा बहुमुखी तथा लोकप्रिय कलाकारहरूमा दर्रिन्छन्। हिन्दी सिनेमामा उनको योगदानलाई आज पनि अमूल्य मानिन्छ। उनको आवाज र अभिनय शैलीले उनलाई हरेक वर्गका दर्शक अनि श्रोताहरूमाझ लोकप्रिय बनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा