पवित्र सावन सोमवारमा मुख्यमन्त्रीले दिए शुभकामना
पवित्र सावन सोमवारमा मुख्यमन्त्रीले दिए शुभकामना


गुवाहाटी, 04 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार पवित्र सावन महिनाको सोमवारको शुभ अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट भने, पवित्र सावन महिनाको आज अर्को सोमवार हो। तपाईहरू सबैलाई आज यस भक्तिपूर्ण दिनको शुभकामना। सबैको जीवनमा सुख, समृद्धि एवं कल्याण होस्, यस्तै कामना राख्दै देवहरूको देव महादेवको श्रीचरणमा प्रार्थना गर्दछु।

आफ्नो सन्देशमा मुख्यमन्त्रीले अन्तमा हर हर महादेव -को उद्घोष सहित भगवान शिवप्रति आफ्नो श्रद्धा व्यक्त गरे।

सावन महिनाको सोमवार राज्यभरिकै शिव मन्दिरहरूमा श्रद्धालुहरूको भीड़ उर्लिनका साथै सबैले भक्तिभावले पूजा-अर्जना गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande