एआईको नक्कली भीडियोले चैतल मालंचा पुल भत्किएको अफवाह फैलायो, प्रशासनले गऱ्यो खण्डन
एआईको नक्कली भीडियोले चैतल मालंचा पुल भत्किएको अफवाह फैलायो, प्रशासनले गऱ्यो खण्डन


बसिरहाट, 04 अगस्त (हि.स.)। पश्चिम बंगालको सुन्दरबन क्षेत्रस्थित चैतल-मालंचा पुल भत्किएको एउटा भीडियो सोशल मीडियामा भाइरल भएको छ। भीडियोमा दाबी गरिएको छ, बसिरहाटको मिनाखाँ ब्लकमा विद्यासागर नदीमाथि निर्मित यो पुल अचानक भत्किएको छ। भीडियो भाइरल हुनसाथ मानिसहरू भ्रमित हुनथाले र आफन्तहरूले एका-अर्कालाई फोन गरेर जानकारी लिन थाले। यसबीच स्थानीय मानिसहरू वास्तविक स्थिति बुझ्नका लागि घटनास्थलमा पुगे।

वास्तवमा यो आठ सेकेण्डको भीडियो आर्टिफिशियल इन्टेलिजेन्स(एआई)-को सहयोगमा बनाइएको थियो। भीडियोमा देखाइएको छ, अचानक पुल भत्किएर नदीमा झरिरहेको छ र मानिसहरूले किनारमा बसेर यो दृश्य हेरिरहेका छन। भीडियोमा लेखिएको छ, भर्खरै मालंचा ब्रिज भत्कियो जसले गर्दा भ्रम झन् द्रूत गतिमा फैलियो।

प्रशासनिक जाँचपछि स्पष्ट भयो कि पुल पूर्ण रूपले सुरक्षित र सामान्य स्थितिमा छ। यो घटनाले हालैमा भाइरल भएको एउटा नक्कली भीडियोको स्मरण गराउँछ जसमा दाबी गरिएको थियो, बारासातको कदम्बगाछी क्षेत्रमा अवस्थित एक मदरसामा रोयल बंगाल टाइगर पसेको छ। यो भीडियो पनि आर्टिफिशियल इन्टिलिजेन्सको सहयोगमै बनाइएको थियो।

स्थानीय मानिसहरूले यसप्रकारका नक्कली सूचनाहरूलाई अत्यन्त गम्भीर तथा गैरजिम्मेवारीपूर्ण कृत्य बताउँदै रोष व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ, यसप्रकारको भीडियोले जनमानसमा अनावश्यक डर तथा अफवाह फैलाउँछ ज सबाट सामाजिक तथा प्रशासनिक स्तरमा तनाउ उत्पन्न हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande