-पुलिसले दियो साइबर ठगहरूदेखि सतर्क रहने परामर्श
कोलकाता, 4 अगस्त (हि.स.)। साइबर अपराधीहरूद्वारा अनलाइन लग्जरी होटल बुकिंगको नाममा मानिसहरूलाई ठगेको मामिला एकपछि अर्को गर्दै सामु आइरहेको छ। पुलिसको भनाइ छ, देशको लोकप्रिय पर्यटन स्थल, विशेष गरी पुरीमा केही पर्यटकहरू यस नयाँ साइबर ठगीको शिकार भइसकेका छन्।
हालैमा कोलकाताको पर्णश्री क्षेत्रका एक जना मानिसबाट पुरी यात्राको लागि होटल बुक गर्दा 7 हजारको सट्टा 70 हजार रुपियाँ ठग्यो। यस प्रकारका घटनाहरू निरन्तर बढ़िरहेकोले पुलिस अनि साइबर क्रइम सेलले यसलाई 'अनलाइन फाइभ स्टार स्क्याम'- को नाम दिएको छ। यस ठगी विरूद्ध सोशल मीडियाको माध्यमबाट जागरूकता अभियान संचालन गरिँदैछ।
पुलिस सूत्र अनुसार यस्ता ठगहरूले नक्कली वेबसाइटहरूमा नक्कली हेल्पलाइन नम्बरहरूको माध्यमबाट आकर्षक अफर दिएर पर्यटकहरूलाई फसाउँछन्। यिनीहरूले शिकारलाई एउटा फरम भर्न लगाउँछन् अनि बुकिंग कन्फर्म गर्ने नाममा एउटा क्यूआर कोड पठाउँछन्। त्यस कोडलाई स्क्यान गरेपछि वा ओटीपी साझा गरेपछि ब्यांक खाताबाट ठूलो रकम निक्लिन्छ।
लाल बजार तथा राज्य पुलिसद्वारा स्पष्ट चेताउनी दिइएको छ, मानिसहरूले अन्जान वेबसाइट वा फोन कल्सबाट होटल बुकिंग नगरून्। कुनै पनि क्यू आर कोड स्क्यान नगरून्, कुनै पनि अज्ञात व्यक्तिसित ओटीपी साझा नगरून् मात्र प्रमाणित वेबसाइट वा एप्सको माध्यमबाट बुकिंग गरून्। पूजा अगाड़ि यस किसिमको साइबर ठगीका घटनाहरू अझ बढ़्नसक्छन्। त्यसैले सतर्क बस्नु अत्यावश्यक छ।
पुलिसले यो पनि भनेको छ, यदि कसैलाई होटल बुकिंगको नाममा संदिग्ध फोन कल्स वा म्यासेज आए तुरून्त सम्वाद गर्न बन्द गर्नुपर्छ र नजिकैको थाना वा साइबर क्राइम सेललाई यसको सूचना दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा