गाडीधुरा नवदीप परिवारद्वारा बलिदान दिवस पालन गरिने
Balidan diwas


खरसाङ, 04 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित गाडीधुरा नवदीप परिवारद्वारा आगामी 25 अगस्त, 2025 का दिन 81औं बलिदान दिवस पालन गरिने भएको छ।

बलिदान दिवस पालनको विषय क्लबको पक्षबाट अनुप रामुदामुले पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खा स्वतन्त्रता सैनानी शहिद मेजर दूर्गा मल्ललाई अङ्ग्रेज शासकद्वारा फाँसी दिइएको दिनलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजन गर्ने बताए। उक्त दिन हुने कार्यक्रममा गाडीधुरा बजारमा अवस्थित शहीद मेजर दुर्गा मल्लको शालिगमा श्रद्धाञ्जली अर्पण गर्ने र त्यस पश्चात गाडीधुरा सार्वजनिक भवनमा रक्तदान शिविरको आयोजना गरिने छ। उनले अन्त्यमा म कवि नामक खुल्ला कविता वाचन प्रतियोगिता पनि आयोजना गरिने जानकारी गराए।

यस प्रतियोगितामा अंशग्रहण गर्नको निम्ति क्लबको पक्षबाट प्रतियोगीहरूलाई फारम साथै नियमवाली आगमी 5 अगस्तदेखि उपलब्ध गराइने उनले बताए। यी फारमहरूको निम्ति खरसाङमा सुवास छेत्री भावुक, सुर्दशन प्रधान अम्बटे लगायत क्लबका सदस्यहरूसॅंग सम्पर्क गर्न सक्ने उनले बताएका छन्। क्लबले सम्पूर्ण साहित्य प्रेमी, भाषा अनुरागीहरूलाई कविता वाचन प्रतियोगितामा अंशग्रहणको लागि आग्रह पनि गरेको छ।

आजको प्रेस भेलामा क्लबका सभापति गोबिन्द छेत्री, सचिव रोशन बिश्वकर्म, कोषाध्यक्ष सुवास छेत्री साथै आनन्द विश्वकर्मको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande