-सीएमओ कार्यालय सामु दिए धरना, सरकारको विरोधमा नाराबाजी
जिन्द, 4 अगस्त (हि.स.)। स्वास्थ्य विभागको हरियाणा सिभिल मेडिकल सर्भिस एसोसिएशन, दन्तक सर्जन एसोसिएशन, लेब टेक्नीशियन एसोसिएशन, नर्सिंग अफिसर एसोसिएशन, मिनिस्ट्रीयल स्टाफ एसोसिएशन, एनएचएम कर्मचारी संघ एवं बहुउद्देश्यीय स्वास्थ्य कर्मचारी एसोसिएशन सहित सबै श्रेणीका अधिकारी अनि कर्मचारी एसोसिएशनहरूले लोकेशन आधारित जियो फेसिंग हाजिरीको विरोधमा सोमवार बिहान 10 देखि 11 बजीसम्म कामलाई बहिष्कार गरे। यस अवधि स्वास्थ्यकर्मीहरूले सरकारको विरोधमा व्यापक नाराबाजी गरे।
सीएमओ कार्यालय सामु धरनामा बसेका एचसीएमए एसोसिएशनका प्रधान डा. बिजेन्द्र ढांडा, डिप्टी एमएस डा. राजेश भोला, राममेहर वर्माले बताए, निजता र गोपनीयतालाई हनन गर्ने लोकेशन आधारित हाजिरी व्यवस्थालाई बन्द गराउनको लागि हरियाणाको स्वास्थ्य विभागीय अधिकारी अनि कर्मचारीहरू एउटै मञ्चमा आएर आन्दोलन गर्न बाध्य भएका छन्। सोमवारको आन्दोलनको लागि सबै पदाधिकारीहरूको जिम्मेवारी तय गरिएको थियो। पछिल्लो दुई महिनादेखि स्वास्थ्य मन्त्री एवं उच्च अधिकारीहरूसित ज्ञापनको माध्यमबाट भेट गरी जियो फेसिंग हाजिरीलाई बन्द गर्ने अपील गरिसकिेको छ, तरसरकार हठधर्मितामाथि अडिग छ।
हरियाणा सिभिल मेडिकल सर्भिस एसोसिएशनका प्रधान डा. बिजेन्द्र ढांडा तथा डिप्टी एमएस डा. राजेश भोलाले बताए, हड़तालमा हुँदाहुँदै पनि डाक्टरहरूले आफ्नो नैतिक कर्तव्यलाई निर्वाह गरे। सबै अस्पतालहरूमा इमरजेन्सी, डिलीभरी तथा पोस्टमर्टम सेवाहरूलाई बहाल राखियो। जनसाधारणलाई पनि कुनै समस्या हुन नदिनको लागि विशेष ध्यान राखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा