- मुख्यमन्त्री योगी सहारनपुर र मेरठ मण्डलको दौड़ाहमा
लखनऊ, 4 अगस्त (हि.स.)। उत्तर प्रदेशमा मुसलधारे पानी परिरहेको छ। प्रदेशक अधिकांश जिल्लाहरूमै पछिल्लो दुई दिनदेखिको भइरहेको अविरल वर्षाको कारणले सोमवार लखनऊका स्कूलहरूमा अवकाश घोषणा गरिएको छ।
उत्तर प्रदेशका अधिकांश भागहरूमा गत शुक्रवारदेखि नै मुसलधारे पानी परिरहेको छ। शनिवार वर्षाको गति कम भए पनि आइतवार फेरि यसको रौद्र रूप देखियो। प्रदेशका 12 वटाभन्दा अधिक जिल्लाहरूमा बाढ़ीको स्थिति उत्पन्न भएको छ। प्रदेश सरकारले बाढ़ी प्रभावित जिल्लाहरूमा मन्त्रीहरूलाई जाने निर्देश दिएको छ। सबै मन्त्रीहरू गए आइतवार बाढ़ी प्रभावित जिल्लाहरूमा पुगे। मन्त्रीहरूले अधिकारीहरूको साथमा स्थितिको जायजा लिए।
प्रदेशको राजधानी लखनऊमा पनि जारी घना वर्षालाई मध्यनजर गर्दै बाह्रौं श्रेणीसम्मका स्कूलहरूलाई बन्द गरिएको छ। जिल्लाधिकारीको पक्षबाट जारी निर्देशमा भनिएको छ, आज कक्षा एकदेखि बाह्रौंसम्मका सबै सरकारी एवं निजी स्कूलहरू बन्द रहनेछन्। जिल्लाधिकारीको निर्देश आएपछि कतिपय स्कूलहरूले नानीहरू आए पनि घरमा पठाएर स्कूल बन्द गरे।
अर्कोतिर मुख्यमन्त्री योगी आदित्यनाथले आज पश्चिम उत्तर प्रदेशको साहरनपुर र मेरठ मण्डलको भ्रमण गरी स्थितिको जायजा लिनका साथै अधिकारी तथा जनप्रतिनिधिहरूसित समीक्षा बैठक गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा