औरैया, 04 अगस्त (हि. स.)। बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गरिरहेका जिल्लाधिकारी डा. इन्द्रमणि त्रिपाठी र सदर विधायक गुड़िया कठेरिया त्यसबेला अवाक भए जतिबेला अजितमल खण्ड अधिनस्थ सिकरोड़ी गाउँकी एक अबोध बालिकाले दृढ़्तापूर्वक भनिन्, म ठूलो भएर डीएम बन्नेछु। यो सम्वाद सोशल मीडियामा भाइरल भएको छ भने हजारौं मानिसहरूले यसलाई नयाँ पिँढ़ीको सकारात्मक सोच मानेर सराहना गरिरहेका छन्।
चौथी कक्षामा पढ़्ने बालिकाले आफ्नो परिवारसिद जिद्दी गरेर डीएमसित भेच गर्ने इच्छा व्यक्त गरेकी थिई। डीएम र विधायक त्यहाँ पुग्दा बालिकाले आत्मविश्वास पूर्वक भनी, उ भविष्यमा जिल्लाधिकारी बन्न चाहन्छ। डीएमले मुस्कुराउँदै भने, धेरै मिहेनत गर्नुपर्छ, योभन्दा सहज त विधायक बन्नु हो, बालिकाले तुरून्त जवाफ दिई, के भयो त, मिहेनत गर्छु, तर डीएम नै बन्नेछु।
बालिकाको यस्तो वाक्य सुनेर घटनास्थलमा उपस्थित अधिकारी र विधायक स्तब्ध भए। बालिकाको आत्मविश्वास र पागलपनले सबैलाई प्रभावित पाऱ्यो।
अर्कोतिर सबैले सोशल मीडियामा यस भीडियोलाई शेयर गरेर भनिरहेका छन्, यही हो देशको उज्जवल भविष्य। डीएम त्रिपाठीले पनि बालिकालाई प्रोत्साहित गर्दै उसलाई मिहेनत र इमानदारीपूर्वक पढ़ाई गर्ने सल्लाह दिए। बाढ़ी जस्तो कठिन स्थितिमा बसेर पनि बालिकाले यस्तो सोच तथा संकल्प गर्नु साँच्चै नै प्रेरणादायक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा