गुवाहाटी, 04 अगस्त (हि.स.)। असमले अब देशको डिजिटल औद्योगिक क्षेत्रमा एक नयाँ अध्याय लेख्न गइरहेको छ। बीएसएनएल तथा नुमलीगढ़ रिफाइनरी लिमिटेड (एनआरएल)-माझ भएको सम्झौता अन्तर्गत भारतको पहिलो 5 जी क्याप्टिभ नन-पब्लिक नेटवर्कको शुरूआत रिफाइनरी सेक्टरमा गरिनेछ।
राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यसलाई असमको लागि गर्वको क्षण बताए। सोशल मीडिया पोस्टमा उनले लेखा, “डिजीटल असम औ आत्मनिर्भर भारतको दिशामा यो एउटा ठूलो फड़्को हो जुन एलओटी, एआर/वीआर, बिग डेटा जस्ता अत्याधुनिक तकनिकहरूलाई हाम्रो इण्डस्ट्रीसित जोड़िनेछ।”
यो अत्याधुनिक नेटवर्कले एनआरएलाई तीव्र डेटा प्रोसेसिंग, रीयल-टाइम मनिटरिंग औ स्वचालनको श्रेष्ठ सुविधा दिनेछ जसबाट औद्योगिक प्रदर्शनमा क्रान्तिकारी परिवर्तन हुने आशा छ। असम मात्र नभएर यो पहललाई भारतको रिफाइनरी तथा ऊर्जा क्षेत्रलाई डिजीटल रूपमा सशक्त बनाउने दिशामा एउटा ठूलो उपलब्धि मानिँदैछ।
बीएसएनएल र एनआरएलका अधिकारीहरूले यसलाई अन्य उद्योगहरूको लागि मोडलको रूपमा विकसित गर्ने आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा