औरैया, 04 अगस्त (हि. स.)। उत्तर प्रदेशको इटावा जिल्ला अन्तर्गत चकर नगर खण्डमा अनेठा गाउँको नजिकै अवस्थित महाकालेश्वर मन्दिर एउटा धार्मिक आस्थाको केन्द्र मात्र नभएर यसको ऐतिहासिक सम्बन्ध महाभारत कालसित रहेको मान्यता छ। यो मन्दिर प्रसिद्ध पञ्चनद संगममा अवस्थित छ जहाँ पाँच वटा नदीहरू क्रमैले यमुना, चम्बल, सिन्धु, क्वार और पहुज एकै ठाउँ मिसिन्छ। यस स्थलको धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व यति गहिरो छ कि उत्तर प्रदेश मात्र नभएर मध्यप्रदेश, राजस्थान लगायत देशको कुना-कुनाबाट हजारौं श्रद्धालुहरू यहाँ पूजा-अर्चना गर्नका लागि आउने गर्दछन्।
महाकालेश्वर मन्दिरसित सम्बन्धित मान्यता अनुसार पाण्डवहरूले आफ्नो अज्ञातवासको समय यसै क्षेत्रमा बिताएका थिए। भनिन्छ, भीमले यसै क्षेत्रको ऐतिहासिक कुवामा बकासुर नामक राक्षसको वध गरेका थिए। यतिमात्र नभएर भगवान विष्णुले पनि यस स्थलमा भगवान शिवको आराधना गरी सुदर्शन चक्र प्राप्त गरेका थिए। यहाँ अवस्थित प्राचीन मन्दिरहरूमा लगाइएको ढुङ्गाले भारतको सांस्कृतिक तथा धार्मिक धरोहरको झलक प्रस्तुत गर्दछ।
यस मन्दिरको एउटा विशेष कुरा के छ भने तुलसीदासले यहाँ रामचरित मानसका केही अंशहरू रचना गरेका थिए। साथै पञ्चनन्द क्षेत्रलाई बाबा मुकुन्दवनको तपस्थली पनि मानिन्छ। लोक कथाहरू अनुसार एकपटक अँध्यारो रातमा गोस्वामी तुलसीदासलाई यहीँ पानी पिलाएको अलौकिक घटना भएको थियो।
वरिष्ठ पत्रकार वीरेन्द्र सिंह सेगरको भनाइ छ, यस मन्दिरको महत्व धार्मिक मात्र होइन, लोक मान्यताहरूको कारणले पनि अधिक गहिरो छ। कार्तिक पूर्णिमाको अवसरमा यहाँ लाखौं श्रद्धालुहरू एकत्र हुन्छन्। यो मेला क्षेत्रको प्रमुख धार्मिक परम्परा नै बनिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा