झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधनमा ममता ब्यानर्जीद्वारा शोक व्यक्त
झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधनमा ममता ब्यानर्जीद्वारा शोक व्यक्त


हुगली, 4 अगस्त (हि.स.)। झारखण्डका पूर्व मुख्यमन्त्री, पूर्व केन्द्रिय मन्त्री, झारखण्ड मुक्ति मोर्चा (जेएमएम)- का संस्थापक औ आदिवासी समाजको लागि 'गुरु जी'- को नामले प्रसिद्ध शिबु सोरेनको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरिन्।

सोशल मीडिया एक्समा सोमवार शोक सन्देश साझा गर्दै ममता ब्यानर्जीले लेखिन्, झारखण्डका पूर्व मुख्यमन्त्री, पूर्व केन्द्रिय मन्त्री, झारखण्ड मुक्ति मोर्चाका संस्थापक औ मेरा आदिवासी दाज्यु-भाइ तथा दिदी-बहिनीहरूका गुरु दिशोम (महान नेता) शिबु सोरेनको निधनबाट म अत्यन्त दुःखी भएकी छु।

मेरा भाइ हेमन्त सोरेन, उनका पुत्र तथा झारखण्डका मुख्यमन्त्री सहित उनको परिवार, आफन्त अनि अऩुयायीहरूप्रति मेरो हार्दिक सम्वेदना। मैले उनलाई राम्ररी चिनेकी थिएँ। उनलाई साँचो सम्मान गर्दछु।

आज झारखण्डको इतिहासको एक अध्याय समाप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande