बीरेन्द्रकृष्ण भद्रको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जलि, भनिन्- 'दुर्गोत्सवका ध्रुपदी स्वरलाई नमन'
बीरेन्द्रकृष्ण भद्रको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जलि, भनिन्- 'दुर्गोत्सवका ध्रुपदी स्वरलाई नमन'


कोलकाता, 04 अगस्त (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार बंगला सांस्कृतिक धरोहरका स्तम्भ तथा प्रसिद्ध बेतार उद्घोषक बीरेन्द्रकृष्ण भद्रको जयन्तीमा श्रद्धाञ्जलि अर्पण गरेकी छन्। उनले ट्वीटको माध्यमबाट दिवंगत प्रसारण कलाकारको स्मृतिलाई नमन गरिन्।

मुख्यमन्त्रीले लेखिन्, बांगालीहरूको दुर्गा उत्सवको शास्त्री आह्वानकर्ता तथा विख्यात रेडियो प्रसारणकर्ता बीरेन्द्रकृष्ण भद्रलाई उनको जन्मदिवसमा मेरो हार्दिक श्रद्धाञ्जलि।

बीरेन्द्रकृष्ण भद्रलाई उनको प्रतिष्ठित पाठ महिषासुरमर्दिनीको निम्ति विशेष रूपमा चिनिन्छ जुन प्रत्येक वर्ष महालयको दिन आकाशवाणीबाट प्रसारण हुन्छ। उनको आवाज बंगालको शारदीय उत्सवको एक अमेट छवि नै बनिसकेको छ। 'या चंडि'- देखि शुरू भएर उनको संस्कृत पाठ दशकौंदेखि बंगाल लगायत विश्वभरि नै बंगलाभाषीहरूको धार्मिक-सांस्कृतिक चेतनामा रचेको-बसेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande