दुर्गापुरमा अवैध टोटोको विरोधमा मिनी बस र अटो सेवा अनिश्चितकालको लागि बन्द, यात्रीहरू समस्याग्रस्त
दुर्गापुरमा अवैध टोटोको विरोधमा मिनी बस र अटो सेवा अनिश्चितकालको लागि बन्द, यात्रीहरू समस्याग्रस्त


दुर्गापुर, 04 अगस्त (हि.स.)। दुर्गापुरमा सोमवारदेखि मिनी बस र अटो चालकहरूले अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। शहरमा कथित अवैध ई-रिक्शा (टोटो)-को बढ़्दो संख्याको विरोधमा गरिएको यस हड़तालको कारणले विशेष अफिस जाने कर्मचारीहरू तथा विद्यार्थीहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।

मिनी बस र अटो चालकहरूको आरोप छ, अवैध टोटोले उनीहरूको आय अनि यात्रीहरूको उपलब्धता दुवैमाथि प्रभाव पारिरहेको छ। उनीहरूले बताए, प्रशासनसित कैयौं पटक सिकायत गर्दा पनि अहिलेसम्म कुनै ठोस कारबाही हुन नसकेको कारणले हामी बाध्य भएर हड़ताल गरिरहेका छौं।

स्मरण गराइन्छ, मिनी बस अनर्स एसोसिएशनका अध्यक्ष आलोक च्यटर्जीले बताए, पछिल्लो मई महिनामा उनीहरूले तीन दिवसीय हड़ताल गरेर प्रशासनलाई चेताउनी दिएका थिए। त्यसताक प्रशासनले दुई महिनाभित्रमा समस्या समाधान गरिदिने आश्वसान दिएको थियो, तर स्थिति जस्ताको तस्तै छ। त्यसैले यसपालि हामीले पूर्व सूचना बिनै विरोध गरिरहेका छौं।

सोमवार बिहान शहरका कतिपय स्ट्याण्डहरूमा टोटो देखिएन। यसले गर्दा यात्रीहरूलाई झन् समस्या भयो। एक निजी कलेजका छात्र सुजय अधिकारी जसको सोमवार परीक्षा थियो,- ले चिन्ता व्यक्त गर्दै भने, कुनै पनि प्रकारको परिवहन उपलब्ध छैन।

प्रशासनद्वारा हस्तक्षेप नगरिएको कारणले यो हड़ताल कहिलेसम्म जारी रहन्छ, कुनै निश्चित छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande