अनर किलिंगमा प्रेमी-प्रेमीकाको हत्या, माता-पिता र तीनजना काकाहरू पक्राउ
अनर किलिंगमा प्रेमी-प्रेमीकाको हत्या, माता-पिता र तीनजना काकाहरू पक्राउ


पलामु, 4 अगस्त (हि.स.)। पलामु जिल्लाको तरहसी थाना अधिनस्थ टरिया गाउँमा अनर किलिंगमा प्रेमी-प्रेमिकाको हत्या गरियो। दुवै शवलाई टरिया गाउँको एउटै कुवाबाट उद्धार गरियो। घटना प्रकाशमा आएको केही घण्टाभित्रै पुलिसले युवतीका माता-पिता र तीनजना काकाहरूलाई पक्राउ गऱ्यो। सोमवार अपरान्ह 2 बजे पाँचैजना आरोपीहरूलाई न्यायिक हिरासतमा पठाइयो।

एसपी रिष्मा रमेशनले घटनाको पुष्टि गरेकी छन्।

प्रेमीको पहिचान भण्डराका वीरेन्द्र सिंहका छोरा सुभाष कुमार उपनाम कारू सिंह औ प्रेमिकाको पहिचान पूर्णी टरिया गाउँका उपेन्द्र सिंहकी 21 वर्षीय छोरी विभा कुमारीको रूपमा भएको छ। यिनीहरू गत एक अगस्तको दिनदेखि नै बेपत्ता भएका थिए। गए आइतवार साँझ दुवैको शवलाई उद्धार गरियो। यस सम्बन्धमा सुभाषका जयप्रकाश कुमारले मामिला दर्ता गराएका थिए।

दुवैको शव भेटिएपछि पुलिसले केही घण्टाभित्रै हत्याकाण्डको खुलासा गर्दै घटनामा सामेल पाँचजना आरोपीहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूमा प्रेमिकाका पिता उपेन्द्र महतो, आमा कलावती देवी, काकाहरूमा जनेश्वर महतो, विमलेश महतो उपनाम राजेश महतो सामेल छन्।

लेस्लीगञ्जको अनुमण्डल पुलिस पदाधिकारी मनोज झाले बताए, सुभाष र विभाबीच प्रेम प्रसंग चलिरहेको थियो। लगभग डेढ़ महिनापूर्व प्रेमिकाका पिता र परिवारले दुवै प्रेमी-प्रेमिकालाई सम्झाएको थियो, तर गुप्त रूपमा दुवैको प्रेम प्रसंग चलिरहेकै थियो।

गत एक अगस्तको राति प्रेमिकालाई दबाव दिएर प्रेमीलाई पूर्णी टरिया घरमा बोलाइयो अनि योजना अन्तर्गत प्रेमिकाको पिता र काकाहरूले प्रेमीलाई लौरो फलामको रड आदिले कुटेर हत्या गरिदिए। पछि प्रेमिकाको पनि हत्या गरिदिए। प्रमाणलाई लुकाउनको लागि दुवै शवलाई विपन महतोको कुवामा फालिदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande