बाढ़ीको कहरः पानीमा केराको दाम्साले बनिएको शय्यामा शवलाई श्मशान लगिरहेको तस्वीर भाइरल भएपछि राजनीतिक घमासान शुरू
बाढ़ीको कहरः पानीमा केराको दाम्साले बनिएको शय्यामा शवलाई श्मशान लगिरहेको तस्वीर भाइरल भएपछि राजनीतिक घमासान शुरू


घाटाल, 4 अगस्त (हि.स.)। बाढ़ीले बेहाल पश्चिम मेदिनीपुर जिल्लाको घाटालमा मानवी बाध्यता र सरकारी व्यवस्थाको असफलताको थप अर्को पीड़ादायी तस्वीर सामु आएको छ। सोशल मीडियामा भाइरल भएको एउटा तस्वीरमा देख्न सकिन्छ, एकजना महिलाको शवलाई केराको दाम्साले बनिएको शय्यामा राखेर श्मशाान तर्फ लगिँदैछ। यस तस्वीरले राज्यमा राजनीतिक भुइँचालो ल्याइदिएको छ।

स्थानीय सूत्र अनुसार उक्त शव घाटाल नगरपालिकाको 9 नम्बर वार्ड निवासी मनसा चौधुरीको हो जो यस वार्डका दिवंगत पार्षद कान्हाईलाल चौथुरीकी पत्नी थिइन्। गए आइतवार राती लगभग 12:30 बजी उनको मृत्यु भयो। गाउँदेखि दोस्रो किनारमा अवस्थित श्मशानसम्म शवलाई पुऱ्याउनको लागि कुनै सड़क वा वाहनको सुविधा थिएन। क्षेत्रमा जलजमाउको गम्भीर समस्या रहेको कारणले अन्ततः परिवार शवलाई केराको दाम्साको शय्यामा राखेर जलमग्न सड़क मार्ग भएर श्मशानसम्म लैजान बाध्य भयो।

यस घटनालाई लिएर भाजपा विधायक शीतल कपाटले राज्य सरकार अनि स्थानीय प्रशासनमाथि धारिलो प्रहार गरिन्। उनले भनिन्, “घाटालमा वर्षैंपूर्व इल्केट्रिक चुला बनाउने योजना बनिएको थियो, तर आजसम्म काम पूरा भएको छैन। नगरपालिकाले विकासको नाममा के गऱ्यो? चेयरम्यानले के गरिरहेका छन्? मास्टर प्लानको नाममा करोड़ौं रुपियाँको लुट भइरहेको छ।”

यता यस सम्पूर्ण मामिलामाथि स्पष्टिकरण दिँदै तृणमूल कंग्रेसका घाटाल सांगठनिक जिल्ला अध्यक्ष अजीत माइतीले भने, “शवलाई पारम्परिक रिती-थिती अनुसार केराको दाम्साको शय्या बनाएर लगिएको हो। यो एउटा पुरानो परम्परा हो।”

स्थानीय मानिसहरू तथा विपक्षी दलहरूको प्रश्न छ, राज्य सरकारले यति धेरै दाबी गर्छ भने बाढ़ी आएको बेला शवलाई श्मशनसम्म पुऱ्याउनको लागि यसप्रकारको स्थिति किन उत्पन्न हुन्छ?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande