आसनसोल , 4 अगस्त (हि.स.)। लगातार परिरहेको पानी अनि ड्यामबाट पानी छोड़िएकोले दामोदर नदीमा बाढ़ी आएको छ। यस नदीको जलस्तर द्रूत गतिमा बढ़िरहेकोले पश्चिम बंगालका केही जिल्लाहरू बाढ़ीको चपेटमा पर्ने आशंका प्रबल बन्दै गइरहेको छ विशेष गरी पश्चिम मेदिनीपुर जिल्लाको स्थिति चिन्ताजनक भएको छ। सम्भावित संकटलाई केन्द्र गर्दै प्रशासनले सुरक्षा एवं राहतको लागि पहिलाबाटै व्यापक तयारी गरिरहेको छ।
राज्य सरकारको अनुरोधलाई ध्यानमा राख्दै गए आइतवार म्याथन र पंचेत ड्यामबाट छोड़िने पानीको मात्रालाई थेरै घटाइएको छ। तथापि बितेका केही दिनदेखिको दुर्गापुर ब्यारजबाट लगातार पानी छोड़िरहेकोले दामोदर नदीको जलस्तर आज पनि माथि नै छ।
आज सोमवार शिवरात्रिको अवसरमा ठूलो संख्यामा श्रद्धालुहरू दामोदर नदीको घाटमा जल भर्न पुग्छन् जसलाई मध्यनजर गर्दै दुर्गापुर नगरनिगमद्वारा बीरभानपुरमा एउटा अलग्गै घाट बनाइएको छ जसलाई सुरक्षाको लागि जालीले घेराबन्दी गरिएको छ। यसरी नै दुर्गापुर ब्यारजमा बनाइएका अस्थायी स्नान घाटहरूलाई बन्द गरिएको छ।
दामोदर हेडवर्क्स (दुर्गापुर शाखा)- का कार्यकारी अभियन्ता सञ्जय मजुमदारले बताए, म्याथन र पंचेतदेखि आइरहेको पानी र क्षेत्रमा भइरहेको वर्षा अनि वरपरका नदीहरूबाट पनि दामोदरमा आइरहेको पानीले जलस्तर द्रूत गतिमा बढ़ेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा