डानकुनीको ज्वेलरी शोरूममा लुट
डानकुनीको ज्वेलरी शोरूममा लुट


हुगली, 4 अगस्त (हि.स.)। हुगली जिल्लाको डानकुनी क्षेत्रमा राष्ट्रिय राजमार्गदेखि केही टाड़ामा अवस्थित एक गहना पसलमा गए आइतवार साँझ लुटपाट भएको घटना सामु आएको छ। जानकारी अनुसार एक बहुतले भवनको पहिलो तलामा अवस्थित ज्वेलरी शोरूममा आइतवार साँझ केही युवकहरू ग्राहक भएर आए। यसको केही क्षणपछि थप युवकहरू शोरूममा आए अनि हतियार देखाएर लुटपाट गर्न शुरू गरे।

प्रत्यक्षदर्शीहरू अनुसार चारजना आरोपीहरूले हिन्दी तथा बंगला दुवै भाषामा बातचित गरिरहेका थिए। सबैको हातमा हतियार थियो। यिनीहरूले शोरूममा उपस्थित मानिसहरूमाथि हमला गरेर घाइते पनि बनाइदिए।

डाकाहरूले ठूलो संख्यामा सुनको आभूषण लुटेर भागे। पुलिसले शोरूमको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। साथै राष्ट्रिय राजमार्ग र संलग्न मार्गहरूको सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ। जिल्लाका विभिन्न थानाहरूलाई अलर्ट गरिएको छ।

उल्लेखनीय छ, केही दिनपूर्व दक्षिण 24 परगना जिल्लाको चम्पाहाटी क्षेत्रमा पनि यस्तै लुटपाटको घटना भएको थियो। पुलिस सूत्रानुसार डानकुनी र चम्पाहाटीको घटनाको तार आपस्तमा जोड़िएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande