-पूर्व प्रधानले मामिलाको सीबीआई जाँच गर्ने माग गरे
हुगली, 04 अगस्त (हि.स.)। हुगली जिल्लाको उत्तरपाड़ास्थित कनाईपुरमा तृणमूल नेताको हत्या गरेको आरोपमा पक्रा पर्ने ग्यांगस्टर बाघाले दिवंगत तृणमूल नेता तथा कानाईपुर पञ्चायतका पूर्व प्रधान अच्छेलाल यादवमाथि जमीन हड़पेको आरोप लगाएको छ।
वास्तवमा सोमवार श्रीरामपुर थानाको पुलिसले बाघालाई श्रीरामपुर महकुमा अदालतमा लगिरहेको थियो। यसै अवधि पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उसले भन्यो, मृत तृणमूल नेता पिन्टु चक्रवर्तीले उसको जमीन हड़पेको थियो। बाघाले कानाईपुर ग्राम पञ्चायतका पूर्व प्रधान अच्छेलाल यादवमाथि पनि जमीन हड़पेको आरोप लगायो।
अर्कोतिर हिन्दुस्थान समाचार- सित विशेष बातचित गर्दै पूर्व प्रधान अच्छेलल यादवले मामिलाको सीबीआई जाँच गर्ने माग गरे। उनले भने, म चाहन्छु मामिलाको सीबीआई जाँच होस् ताकि पिन्टुको हत्याको वास्तविकता सबै सामु छर्लङ्ग होस्। यसबाट यो पनि स्पष्ट हुनेछ, पिन्टु, बाघा र म कुनै जमीनको डीलिंगमा छौं कि छैनौं।
पुलिसमाथि प्रश्न उठाउँदै पूर्व प्रधानले भने, पुलिसलाई मीडिया समक्ष यो बताउन डर लागिरहेको छ कि आरोपी कहाँ छ र उसले एकजना आरोपीको मीडिया इन्टरभ्यु गराइरहेको छ। प्रसंग बिनाको मामिलामा अच्छेलाल यादवको नाम कहाँबाट आयो। वास्तवमा षड़यन्त्र अन्तर्गत अच्छेलाल यादवको नाम ग्यांगस्टरको मुखबाट बोल्न लगाइएको छ।
अच्छेलाल यादवले अझ भने,मामिलामा गहिरो राजनीति षड़यन्त्र देखिरहेको छ। कुनै ठूलो टाउकोलाई बचाउनको लागि मामिलाई अर्को दिशातिर मोड़िँदैछ।
उल्लेखनीय छ, वर्ष 2022- देखि नै पूर्व प्रधान अच्छेलाल यादव र तृणमूल कंग्रेसमाझ दूरत्व बढ़्दै गइरहेको छ। हालैमा अच्छेलाललाई हिन्दमोटर रूद्राभिषेकको कार्यक्रममा भाजपा नेता दिलीप घोषसित देखिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा