लखनऊ, 04 अगस्त (हि.स.)। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री औ समाजवादी पार्टी (सपा)- का अध्यक्ष अखिलेश यादवले भने, भाजपा सरकार एक भ्रष्ट र बेकामे सरकार साबित भएको छ। उप्रको भाजपा सरकारले ठूल्ठूला मानिसहरूको ‘सुपर भीभीआईपी’ ऱ्याली वा सभा आयोजन गर्नसक्छ भने बाढ़ीमा राहत अनि बचाउ कार्य किन गरिरहेको छैन?
पूर्व मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया अकाउण्ट एक्समा लेखेका छन्, प्रयागराज मात्र नभएर सारा उत्तर प्रदेशभरि नै बाढ़ीको कारण भयानक स्थिति उत्पन्न भएको छ। भोजन र पिउने पानीको अभाव चरममा छ। शौचालयको अभावमा मानिसहरू अशोभनीय-अमानवीय स्थितिमा बस्न बाध्य भइरहेका छन्। बिमार बाल-बालिकाहरू, गर्भवती महिला तथा बुजुर्गहरूलाई औषधि-उपचार प्राप्त भइरहेको छैन। स्वास्थ्य-चिकित्सा सेवा ठप्प छ।
उनले अझ लेखे, मुसा र विषालु जीव-जन्तुहरूको डरले मानिसहरूलाई सुत्न दिरहेको छैन। बिजुलीको समस्या र करेन्ट लाग्ने डर भिन्नै छ। माथिल्लो तलामा बस्न बाध्य मानिसहरूलाई बीचमा घर धसिने भयले सताइरहेको छ। मानिसहरूको घरको सामान पानी डुबेर बर्बाद भइरहेको छ। उनीहरूसित लगाउने कपड़ा समेत छैन जुन लगाएका छन् त्यो पनि भिजिसकेको छ। मानिसहरूको मोबाइल चार्ज हुन सकिरहेको छैन। बाढ़ीजन्य रोगहरूको आशंकाले मानिसहरू ग्रस्त भएका छन्। भनिन्छ, बाढ़ीले हिलो, फोहोर एवं दुर्गन्ध मात्र छोड़ेर जाँदैन बिमारी-महामारी पनि छोड़ेर जान्छ।
अखिलेश यादवले लेखे, दैनिक ज्यालामा काम गर्ने श्रमिकहरू काममा जान सकिरहेका छैनन्। गरीब श्रमिकहरूको भोकमरीको संघारमा पुगेका छन्। किसानहरूको खेती-जमीनमा पानी भरिएको छ। पसलहरूलाई अरबौंको नोक्सान भएको छ। मानिहरूको पहिचान पत्र, राशन कार्ड, जमीन-सम्पत्तिको कागज, ब्यांकको पासबुक, शैक्षिण प्रमाण पत्र, बिमारीको पर्चा तथा अन्य आवश्यक कागजपत्रहरू कि त भिजेर बर्बाद भएको छ कि त पानीमा बगिसकेको छ।
’नदी किनारमा नौकाको सहारामा जीवन यापन गर्ने समाजमा जीविकोपार्जनको गहिरो संकट छाएको छ, तर उनीहरूको समस्या सुन्न र बुझ्नको निम्ति भाजपा सरकार वा उसका सहयोगी दलहरू कोही पनि छैनन्। यसस्थितिमा जनता आक्रोशित भएका छन्, किनभने प्रशासन हराएको छ भने शासन आत्मा प्रचारको आपसी होड़मा घुमी-घुमी फोटो खिचाउन व्यस्त छ।
सपा अध्यक्षले भाजपा सरकारसित माग गरेका छन्, उपरोक्त बिन्दुहरूको सम्बन्धमा क्रमगत रूपमा जवाफ प्रकाशित गरोस्। जनता भय र आशंकाबीच कहिलेसम्म बस्न बाध्य हुनेछन्। विकास र स्मार्ट सिटीको दाबीबीच विनाशका तस्वीरहरू हृदयविदारक छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा