नयाँ दिल्ली, 4 अगस्त (हि.स.)। दक्षिणी जिल्लाको फतेहपुर बेरी थाना क्षेत्रस्थित डेरा गाउँमा गए आइतवार अबेर राति एक जना 37 वर्षीय व्यक्तिको गोली ठोकी हत्या गरियो। जाँचमा मृतकको पहिचान डेरा गाउँ निवासी सन्तलालको रूपमा भएको छ। भनिन्छ, सामान्य भनाबैरी हुँदै 19 वर्षीय युवक पीयूष यादवले सन्तलालको हत्या गरिदियो।
पुलिसलाई अबेर राति लगभग 2 बजी सूचना प्राप्त भयो, टोलमा केही महिलाहरू डाको छोड़ेर रोइरहेका छन्। फतेहपुर बेरी थानाको पुलिसलाई घटनास्थलमा पुग्दा थाहा लाग्यो, सन्तलालको छात्तीमा गोली दागिएको छ। घटनास्थलमा एउटा खाली कारतूस पनि भेटिएको छ। क्राइम टीम र रोहिणीको एफएसएल फरेन्सिक टीमले घटनास्थलमा पुगेर प्रमाण जुटायो। शवलाई पोस्टमर्टम गर्नको लागि सफदरजंग अस्पतालमा पठाइएको छ।
प्रथम दृष्टयामा हत्याको कारण गेट बन्द गर्नेलाई लिएर भएको विवाद र आपसी झगड़ा रहेको बताइँदैछ। सन्तलाल जुन सम्पत्तिका केयरटेकर थिए त्यसैको गेटलाई लिएर पीयूष यादवसित उसको भनाबैरी भएको थियो। अमारा मोहल्ला, डेरा गाउँकानिवासी आरोपी पीयूष यादवले छतरपुर फेज-2 मा प्रपर्टी डीलिंगको काम गर्छ। पुलिसले हत्याको मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरेको छ। पुलिसले घटनामा प्रयोग गरिएको हतियारलाई पनि जफ्त गरेको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा