आगरा, 04 अगस्त (हि.स.)। उत्तर प्रदेशमा आगरा जिल्लाको जगदीशपुरा थाना र बरहन थाना पुलिसको बदमाशहरूसित भिड़न्त भयो। यस अवधि तीन बदमाश समातिए जबकि एक भाग्नमा सफल रह्यो। तीनै बदमाशहरूलाई गोली लागेको छ, जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।
थाना जगदीशपुरा क्षेत्रमा आइतवार अबेर राति बिचपुरी-पथौली नहरमा एसओजी र स्थानीय पुलिसको संयुक्त टीमले शटर तोड़ेर चोरी गर्ने एक गिरोहलाई घेऱ्यो। दुई बदमाश गाड़ीबाट उर्लेर भाग्दै पुलिसमाथि गोलीबारी गर्नथाले। जवाबी कारबाहीमा दुवैको खुट्टामा गोली लाग्यो र उनीहरूलाई पक्राउ गरियो। दुवैलाई उपचारको निम्ति अस्पताल पठाइएको छ। यिनीहरूको पहिचान साजिद र सहबानको रूपमा गरिएको छ। यिनीहरूदेखि पुलिसले चोरीको एउटा गाड़ी र अवैध हतियार जफत गरेको छ।
उनले बताए, यो गिरोह शहरमा धेरै दोकानहरू र संस्थानहरूमा चोरीका घटनाहरूमा सामेल पाइएको छ। यी दुवै बदमाश हिजो राति पनि गाड़ी लिएर चोरी गर्ने उद्देश्यले निस्केका थिए तब भिड़न्त दुवै पक्रा परे।
सहायक पुलिस आय़ुक्तले थप बताए, थाना बरहन क्षेत्र स्थित अहारन चौकीको कटका पुल नजिक आइतवार अबेर राति पुलिस र मोबाइल चोरहरूबीच भिड़न्त भयो। एक बदमाशको खुट्टामा गोली लाग्यो जबकि उसको साथी भाग्नमा सफल रह्यो। पक्रा परेको बदमाशको पहिचान हाथरस निवासी चरन सिंहको रूपमा गरिएको छ। उदेखि 06 जूनमा चोरी भएको मोबाइल, नगद र अवैध पेस्तोल जफत भएको छ। घाइतेलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराउँदै पुलिसले भागेको बदमाशलाई समाउन हाथरसमा छापा मारिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी