बिहारको भागलपुरमा नदीमा झऱ्यो वाहन, पाँच कांवड़ीको मृत्यु
पिकअप


पटना, 04 अगस्त (हि.स.)। बिहारमा भागलपुर जिल्लाको बेलथ महतो स्थानदेखि लगभग आधा किलोमीटरको दूरीमा आइतवार अबेर राति नदीमा पिकअप भ्यान झर्दा 5 कांवड़ीको मृत्यु भयो।

पुलिस अनुसार, आइतवार राति लगभग 11 बजी पिकअप गाड़ीमा डीजे र जनरेटर लगाएर 12 युवकको टोली नाच्दै-गाउदै अन्तिम सोमवार जल चढ़ाउन गंगामा स्नान गर्न सुल्तानगंज गइऱहेका थिए। रात पर्दा औं डीजेको आवाजले कुनै कारण चालकले गाड़ीको नियन्त्रण गुमायो। जसमा शाहकुन्ड-सुल्तानगंज मुख्य सड़कको महतो सथान अगाड़ी गाड़ी नदीमा झऱ्यो। यस घटनामा केही युवकहरूले जसो-तसो आफ्नो ज्यान बचाए तर 5 जनाको मृत्यु भयो। मर्नेहरू सबै शाहकुन्डकै बताइएका छन्। यिनीहरूको पहिचान सन्तोष कुमार, मनोज कुमार, विक्रम कुमार, अंकुश कुमार र मुन्ना कुमारको रूपमा गरिएको छ।

मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनामा पाँच कांवड़ीको मृत्युमा शोक व्यक्त गरेका छन्। उनले भने, यो दुर्घटना अत्यन्तै दुःखद छ। मुख्यमन्त्रीले यस दुर्घटनामा घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गरेका छन्।

उनले दिवंगत आत्माको चिर शान्ति तथा उनीहरूको परिजनहरूलाई दुःखको यस क्षणमा धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने ईश्वरसित प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande