कोन्डागाउँ, 04 अगस्त (हि.स.)। छत्तीसगढ़को कोन्डागाउँ जिल्लाको नक्सल प्रभावित क्षेत्र बयानारमा छत्तीसगढ़ सशस्त्र बल (सीएएफ) क्याम्पमा पदस्थ एक जवानले अबेर राति आफ्नो सर्विस रायफलले आफूलाई गोली दागेर आत्महत्या गऱ्यो।
यद्यपि, अहिलेसम्म जवानको आत्महत्याको कारण स्पष्ट भएको छैन। पुलिस अधिकारीहरू अनुसार, घटनाको जाँच जारी छ।
मृतकको पहिचान प्लाटून कमान्डर दिनेश सिंह चन्देलको रूपमा गरिएको छ। उ दुर्ग जिल्लाको निवासी थियो। घटनापछि तुरन्तै पुलिसलाई सूचित गरियो, जसपछि घटनास्थलमा पुगेर पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।
घटनाको एक भीडियो पनि अघि आएको छ, जसमा दाबी गरिँदैछ, जवानले गोली दाग्नअगाड़ी पूरा घटनाक्रम आफै रेकर्ड गऱ्यो। यद्यपि, आधिकारिक रूपमा यसको पुष्टि गरिएको छैन। जाँचपछि नै चन्देलले यो गम्भीर कदम किन उठायो भनी स्थिति स्पष्ट हुनसक्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी