शिमलामा 12औंको छात्रले गऱ्यो आत्महत्या
शिमलामा 12औंको छात्रले गऱ्यो आत्महत्या


शिमला, 04 अगस्त (हि.स.)। शिमला शहरको बालूगंज थाना क्षेत्रको फागलीमा एक स्कूली छात्रद्वारा आत्महत्या गरिएको मामिला अघि आएको छ। यहाँ 12औं कक्षामा पढ्ने एक छात्रले झुण्डेर आत्महत्या गऱ्यो। यस घटनाले मृतक छात्रको परिवारमा कोकोहोलो मचेको छ र वरपरका मानिसहरू पनि शोकमा डुबेका छन्।

प्राप्त जानकारी अनुसार, आइतवार अबेर साझँ बालूगंज थानालाई लेबर होस्टल फागली नजिक एक युवकले झुण्डेर आत्महत्या गरेको सूचना प्राप्त भयो। पुलिस टीम तुरन्तै घटनास्थलमा पुग्यो। मृतकको पहिचान आदित्यको रूपमा गरिएको छ। भनिन्छ, आइतवार साझँ लगभग साढ़े चार बजी जब उसका पिता पवन कुमार घर पुगे तब दैलो भित्रबाट बन्द थियो। झ्याँलबाट हेर्दा उनले आफ्नो छोरालाई झुण्डेको देखे।

पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो र जाँच शुरू गऱ्यो। मृतकको नोटबुकबाट एक सुसाइट नोड पनि जफत गरिएको छ तर यसमा के लेखेको छै, यो सार्वजनिक गरिएको छैन। शवलाई पोस्टमार्टमको निम्ति आईजीएमसी शिमला पठाइएको छ। अहिलेसम्मको जाँच र साक्षीहरूको बयानहरूको आधारमा कुनै बाहिरी व्यक्तिको संलिप्तता अघि आएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande