झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको निधन, गंगा राम अस्तालमा लिए अन्तिम सास
शिबू


नयाँ दिल्ली, 04 अगस्त (हि.स.)। झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको सोमवार बिहान सर गंगाराम अस्पतालमा निधन भयो। उनको आय़ु 81 वर्ष थियो। शिबू सोरेन मिर्गौलासित सम्बन्धित रोगको कारण गत एक महिनादेखि अस्पतालमा भर्ती थिए।

सर गंगाराम अस्पतालको तर्फबाट जारी एक बायनमा भनियो, शिबू सोरेनलाई आज बिहान 8:56 बजी मृत घोषित गरियो। लामो बिमारीपछि उनको निधन भयो। उनी मिर्गौलाको रोगले पीड़ित थिए र डेढ़ महिना अगाड़ी उनलाई स्ट्रोक पनि भएको थियो। गत एक महिनादेखि उनी लाइफ सपोर्ट सिस्टममा थिए।

शिबू सोरेनका छोरा एवं झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन स्वयं दिल्लीमा छन्। हेमन्त सोरेनले आफ्नो पिताको निधनको जानकारी साझा गर्दै सोशल मीडिया प्लेटफार्म एक्समा लेखेका छन्, आदरणीय दिशोम गुरूजीले हामी सबैलाई छाड़ेर गएका छन्। आज म शून्य भएको छु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande