नयाँ दिल्ली, 04 अगस्त (हि.स.)। झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले भने, उनी जमीनी नेता थिए। उनको निधनले दुःख लागेको छ।
प्रधानमन्त्रीले सोमवार एक्समा आफ्नो सन्देशमा लेखेका छन्, शिबू सोरेन एक जमीनी नेता थिए, जसले जनताप्रति अटूट समर्पणको साथ सार्वजनिक जीवनमा उन्नति गरे। उनी आदिवासी समुदायहरू, गरीबहरू र वञ्चितहरूलाई सशक्त बनाउनका लागि विशेष रूपमा समर्पित थिए। उनको निधनले दुःख लाग्यो। उनका परिवार र प्रशंसकहरूको साथ मेरो समवेदना छ। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसित कुरा गरे औं समवेदना व्यक्त गरे। ओम शान्ति।
झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको सोमवार बिहान दिल्लीको सर गंगाराम अस्पतालमा निधन भयो। उनको आयु 81 वर्ष थियो। उनी मिर्गौलासित सम्बन्धित रोगको कारण गत एक महिनादेखि अस्पतालमा भर्ती थिए।
हिन्दुस्थान समाचार / भवानी थामी