बागपत, 04 अगस्त (हि.स.)। उत्तर प्रदेशमा बागपत जिल्लाको खेकड़ा थाना पुलिसले सोमवार एक युवतीसित धर्म परिवर्तनको चाप दिएको मामिलामा एक आरोपीलाई पक्राउ गरेको छ। यस अघि आरोपीको भतिज युवतीलाई प्रेमजाल र बिहे गर्ने भनी फक्याएर अपहरण गरेको मामिलामा थुना परिसकेको छ।
पुलिस अधीक्षक सूरज कुमार रायले बताए, क्षेत्र निवासी पीड़ित व्यक्तिले प्राथमिकी दर्ता गराएका थिए कि उनकी छोरीको फेसबुक मेसेन्जरमा धर्म परिवर्तन गर्नका लागि चाप दिँदैछ। मामिला संज्ञानमा आउनसाथ पुलिसले आरोपी फानूलाई पक्राउ गरी थुनामा पारेको छ। यसअघि फानूको भतिज बड़गाउँ निवासी सोएबलाई पक्राउ गरी जेल पठाइएको थियो।
उमाथि आरोप थियो कि उसले युवतीलाई प्रेमजालमा फंसायो र फेरि बिहे गर्ने भनेर आफूसित गाजियाबाद लगेर गयो। यहाँ उमाथि धर्म परिवर्तन गरी निकाह गर्ने दबाउ बनाइयो। विरोध गर्दा युवतीलाई कुटियो। परिजनहरूको शिकायतमा पुलिसले कारबाही गर्दै युवतीलाई गाजियाबादबाट सकुशल उद्धार गऱ्यो। आरोपी सोएबलाई जेल पठाइयो।
सोएब थुना परेपछि उसको काका फानूले युवतीका परिजनहरूलाई सोशल मीडियाको माध्यमले धम्की दियो। युवतीका परिजनहरूले यसको शिकायत एसपी बागपतसित गरे। पुलिसले कारबाही गरी आरोपी फानूलाई पक्राउ गरी न्यायालयमा पेश गरेर जेल पठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी