कामरूप (असम), 04 अगस्त (हि.स.)। असमको रंगियामा सोमवार बिहान राष्ट्रिय राजमार्ग (एनएच)- 27 को किनारमा एकजना काँवड़ीको शव भेटिनाले व्यापक खुलदुली मच्चियो। स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्ग किनारमा कावँड़ीको शव देखेपछि तुरून्त रंगिया पुलिसलाई सूचना दिए।
मृतकको शरीरमा चोट लागेको स्पष्ट देखिएको छ। यति मात्र नभएर शवका दुवै खुट्टा भाँचिएको अवस्थामा छन्। घटनास्थलमा पुलिसको टीमले जाँच गरेपछि प्रारम्भिक स्तरमा बताइएको छ, सम्भवतः आज भोर बिहान कुनै वाहनको चपेटमा परेर उनको मृत्यु भएको हुनसक्छ। मृतकको पहिचान हुन सकेको छैन। रंगिया पुलिसको यातायात शाखाले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नकोलागि अस्पतालमा पठाइदिएको छ। साथै पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा