तिनसुकियाः आटासूले संदिग्ध मानिसहरूलाई समातेर पुलिसलाई सुम्पिदियो
तिनसुकियाः आटासूले संदिग्ध मानिसहरूलाई समातेर पुलिसलाई सुम्पिदियो


तिनसुकिया (असम), 5 अगस्त (हि.स.)। तिनसुकियामा सदौ ताई अहोम छात्र संस्था (आटासू)-ले संदिग्ध बंगलादेशी नागरिकहरूलाई समातेर पछि पुलिसलाई सुम्पिदियो। आटासूबाट प्राप्त जानकारी अनुसार आज बिहान अवैध बंगलादेशी नागरिकहरू विरूद्ध अभियान संचालन गरी तिनसुकिया जिल्ला शहरबाट केही अवैध बंगलादेशीहरूलाई समातियो।

आटासूका केन्द्रिय अध्यक्ष मिलन बुढ़ागोहाईंको नेतृत्वमा एक दलले तिनसुकियाको असम राज्य परिवहन निगम बस स्टेशन निकट श्रमिकको रूपमा केही मानिसहरूलाई देखेर जाँचबुझ गर्दा थाहा लाग्यो कि सबै अरूणाचल गइरहेका छन्। उनीहरूको पहिचानमाथि शंका लागेर आटासूले सबैलाई समात्यो अनि पछि पुलिसलाई सुम्पिदियो। पुलिसले सबै संदिग्ध नागरिकहरूसित जाँचबुझ गरिरहेको छ।

उल्लेखनीय छ, असममा अहिलेघरि संंदिग्ध नागरिकहरूविरूद्ध धर-पकड़ तीव्र भएको छ। एकातिर सरकारले सरकारी तथा वन भूमिलाई अवैध रूपमा बसेका संदिग्ध नागरिकहरूको कब्जाबाट मुक्त गराइरहेको छ भने अर्कोतिर स्थानीय मानिसहरूले पनि संदिग्ध अनुप्रवेशकारीहरूलाई लिएर अत्यन्त सतर्कता अप्नाइरहेका छन्। ज्ञात रहोस्, वन भूमिबाट बेदखल गरिएका संदिग्ध मानिसहरू राज्यका अन्य भागहरूमा आश्रयको खोजीमा गइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande