इम्फाल, 05 अगस्त (हि.स.)। मणिपुर पुलिसले प्रतिबन्धित उग्रवादी संगठन प्रीपाकका एक जना क्याडरलाई पक्राउ गरेको छ। पुलिसले आरोपीबाट एउटा मोबाइल फोन, एउटा सिम कार्ड अनि एउटा आधार कार्ड पनि जफत गरिएको छ।
मणिपुर पुलिस मुख्यालयबाट मंगलवार जारी बयान अनुसार थौबल जिल्लाबाट प्रतिबन्धित संगठन पीपुल्स रिभोल्यूशनरी पार्टी अफ कंगलिपाक (प्रीपाक)- का एकजना सक्रिय क्याडरलाई पक्राउ गरिएको छ जसको पहिचान पंगमबम क्याप्टेन सिंह उपनाम सचिकान्त (51)-को रूपमा भएको छ। मूल रूपमा हाओखा मानिंग लेइकाई निवासी सचिकान्तलाई निजी घरबाट पक्राउ गरिएको हो।
यस अतिरिक्त मणिपुर पुलिसले पञ्जीकरण बिनाको प्रमाण पत्र र नम्बर प्लेट बिनाको वाहन हाँक्ने सहित यातायात नियमहरूको उल्लंघन गरेको आरोपमा तीन वटा वाहनहरूलाई जफत गरेको छ। नियमित निरीक्षण अवधि 18 वटा वाहनहरूबाट रंगीन फिल्मलाई हटाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा