नयाँ दिल्ली, 5 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार तिमारपुरको सञ्जय बस्तीमा संचालित स्वच्छता अभियान 'दिल्लीलाई फोहोरदेखि मुक्ति'- मा सामेल भएर अभियालाई अझ सशक्त बनाइन्।
मुख्यमन्त्रीले भनिन्, विधायक सूर्य प्रकाश खत्री, मेयर राजा इकबाल सिंह लगायत स्थानीय साथीहरूको व्यापक सहभागिताले यसलाई अझ विराट बनाइदियो। यो देखेर गर्व लाग्छ कि दिल्लीवासीहरू स्वयं अगाड़ि आइरहेका छन्। कसैले बस स्ट्याण्डको सफाई गरिरहेका छन् भने कसैले आफ्नो घर, गल्ली, कलोनी र बजारबाट शुरूआत गरिरहेका छन्।
मुख्यमन्त्रीले भनिन्, सरकारका तमाम विभागहरू सक्रिय छन्। हाम्रा जनप्रतिनिधिहरू स्वयं मैदानमा उत्रेका छन्। यो दिल्लीलाई स्वच्छ एवं गरिमामय बनाउने दिशामा एक सामूहिक संकल्प हो। उनले एकपटक फेरि सबै दिल्लीवसीहरूसित मिलेर दिल्लीलाई फोहोर मुक्त बनाउने अपील गरिन्।
उल्लेख्य, दिल्लीमा गए 01 देखि आगामी 31 अगस्तसम्म 'दिल्लीलाई फोहोरदेखि मुक्ति' स्वच्छता अभियान संचालन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा