पूर्व बर्दवान, 05 अगस्त (हि.स.)। लगातार परिरहेको पानीले गर्दा पूर्व बर्दवानको जमालपुर थाना अन्तर्गत नसिबपुर गाउँमा मंगलवार एउटा माटोको घर भत्किँदा एक दम्पतिको दबिएर मृत्यु भयो।
पछिल्लो केही दिनदेखिको सारा बंगालभरि नै अविरल वर्षा भइरहेको छ। लगभग सबै ठाउँमा धेर-थोर जलजमाउको स्थिति उत्पन्न भएको छ। जमालपुरको स्थिति पनि यस्तै छ। गए सोमवार राति खाना खाएपछि यूनुस मलिक र रजिया बेगम सुतेका थिए। आधा रातमा भयानक आवाज सुनियो जसले गर्दा छर-छिमेककाहरू घटनास्थलमा पुगे जहाँ यूनुसको माटोको घर ढलिसकेको थियो। जेसीबीले अवशेषहरूलाई हटाउँदा दम्पतिलाई भेटियो। प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याउँदा डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए। पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
उल्लेखनीय छ, यस्तो घटना पहिलो पटक भएको होइन्। बितेका केही दिनदेखिको केही जिल्लाहरूबाट माटोको घर भत्किएर मानिसहरूको मृत्यु भएको खबर आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा