मतदाता सूचीमा डानकुनीका तृणमूल पार्षदको दुई स्थानमा नाम, शुभेन्दुले गरे लक्षित
मतदाता सूचीमा डानकुनीका तृणमूल पार्षदको दुई स्थानमा नाम, शुभेन्दुले गरे लक्षित


हुगली, 5 अगस्त (हि.स.)। मतदाता सूचीमा डानकुनी नगरपालिकाका पार्षदको नाम दुई वटा स्थानहरूमा अंकित छ। गए सोमवार पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोशल मीडियामा दानकुनीका तृणमूल नेता कबिरूल आलमको नाम र फोटो शेयर गरी लेखे, पश्चिम बंगालको भोटर सूचीमा नक्कली भोटर, मृत मतदाता, बंगलादेशी भोटर, रोहिंग्या भोटरको थुप्रो लागेको छ। शुभेन्दुले भने, एसआईआर शुरू भए बंगालको भोटर सूचीबाट एक करोड़ मतदाताहरूको नामलाई हटाइनेछ।

वास्तवमा कबिरुल आलम डानकुनी नगरपालिकाको 19 नम्बर वार्डका तृणमूल पार्षद सहित डानकुनी शहरको तृणमूल युवा कंग्रेसका अध्यक्ष पनि हुन्। उनको दुवै बूथमा नाम दर्ता छ। एउटा 20 नम्बर वार्डमा र अर्को 19 नम्बर वार्डमा। बूथ नम्बर क्रमशः 291, 297 रहेको छ।

यस मामिलामा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै तृणमूल पार्षद कबिरूल आलमले भने, उनको पैतृक घर डानकुनीको 20 नम्बर वार्डमा छ। 19 नम्बर वार्डमा पनि उनको अर्को घर छ। उनी डानकुनी स्टेशन नजिकै अवस्थित एउटा घरमा बस्छन् जुन् वार्ड नम्बर 15-मा छ।

कबिरुल आलमकी पत्नी जाहिदुन्नेसा वर्ष 2015-22 सम्म 19 नम्बर वार्डकी पार्षद रहिसकेकी छन्। वर्ष 2022-मा कबिरूल आलमले 19 नम्बर वार्डबाट चुनाउ जितेर तृणमूल पार्षद भएका थिए।

उनले भने, 194 चण्डीतला विधानसभा क्षेत्र अधिनस्थ डानकुनीको 20 नम्बर वार्डमा मेरा पिता र दाज्यु अहिले पनि बस्छन्। त्यहाँको इलेक्ट्रिक मीटर मेरो नाममा छ। पछि 19 नम्बर वार्डको मृगालयमा मैले जमीन खरिद गरेर बस्न थालेपछि वर्तमानमा त्यहीँबाट पार्षद छु। म डानकुनी शहरको तृणमूल युवा कंग्रेसको अध्यक्ष पनि हुँ।

उनले भने, म मृत होइन, बंगलादेशी पनि होइन र रोहिंग्या पनि। म पूर्ण रूपले भारतीय बंगाली हुँ। उनले यो पनि भने, आधार कार्डसित भोटर कार्ड लिंक हुन्छ, त्यसैले 19 नम्बर वार्डमा नाम दर्ता गर्दा 20 नम्बर वार्डबाट नाम हट्नुपर्थ्यो। थाहा छैन किन हटाइएन। तर यसपालि म नाम हटाउनको लागि आवेदन गर्नेछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande