जीवनको सबैभन्दा कठिन दिन भएर गुज्रिरहेको छु, पिताको यादमा हेमन्त सोरेनले शेयर गरे भावुक पोस्ट
जीवनको सबैभन्दा कठिन दिन भएर गुज्रिरहेको छु, पिताको यादमा हेमन्त सोरेनले शेयर गरे भावुक पोस्ट


राँची, 05 अगस्त (हि.स.)। झारखण्ड मुक्ति मोर्चा (झामुमो)- का संस्थापक संरक्षक औ पूर्व मुख्यमन्त्री शिबु सोरेनले यो संसारबाट विदा लिसकेका छन्। उनको निधनबाट सम्पूर्ण झारखण्ड शोकाकुल भएको छ। आज उनको अन्तिम संस्कार गरिनेछ। पिताको अन्तिम यात्रापूर्व उनका छोरा तथा मुख्यमन्त्री हेमन्त सोरेनले उनलाई याद गर्दै सोशल मीडियामा एक भावुक पोस्ट साझा गरेका छन्।

उनले एक्समा लेखे, ''म आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएर गुज्रिरहेको छु। मेरो शिरबाट पिताको हात मात्र नभएर झारखण्डको आत्माको स्तम्भ नै ढलेको छ। म उनलाई ‘बाबा’ मात्र भन्दिनँ थिएँ। उनी मेरा पथ प्रदर्शक थिए, मेरो विचारको जड़ थिए र त्यो वन जस्तो छाया थिए जसले हजारौं-लाखौं झारखण्डीहरूलाई घाम र अन्यायदेखि बचाए।'' उनले अझ लेखे, मेरो बाबाको शुरूआत अत्यन्त साधारण थियो। नेमरा गाउँको त्यो सानो घरमा जन्मे जहाँ गरीबी थियो, भोक थियो, तर हिम्मत पनि थियो। बाल्यकालमै उनले आफ्नो पिता गुमाए। जमीन्दारहरूको शोषणले उनलाई यस्तो सशक्त बनायो जसले जीवनभरि संघर्षशील बनाइदियो। मैले उनलाई हलो जोत्दै गरेको देखेको छु। मानिसहरूमाझ बस्दा उनले भाषण मात्र दिँदैनथिए मानिसहरूको दुःख जिउँथे।

सोरेनले भने, म झारखण्डलाई झुक्न दिने छुइनँ। तपाईको नामलाई मेटिन दिने छुइनँ। तपाईको संघर्ष अधुरो रहनेछैन। बाबा तपाई अब आराम गर्नुहोस्। तपाईले आफ्नो धर्म निभाइसक्नु भयो। अब तपाईको पाइला पछ्याउँदै हामी हिँड़्नेछौं। झारखण्ड तपाईको ऋणी रहनेछ। म तपाईको छोरा, तपाईको वचनलाई पूरा गर्नेछु। वीर शिबु जिन्दाबाद - जिन्दाबाद, जिन्दाबाद दिशोम गुरु अमर रहुन्। जय झारखण्ड, जय जय झारखण्ड।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande