सिलचरमा ट्रकबाट मदिरा जफत, चालक पक्राउ
सिलचरमा ट्रकबाट मदिरा जफत, चालक पक्राउ


कछार (असम), 05 अगस्त (हि.स.)। कछार जिल्ला मुख्यालय शहर सिलचरमा पुलिसले खोजी अभियान अवधि एउटा ट्रकबाट प्रचुर मात्रामा अंग्जेरी मदिरा जफत गरेको छ। पुलिसले घटनास्थलबाट ट्रक चालकलाई पनि पक्राउ गरेको छ।

कछार जिल्ला पुलिस प्रमुखले बताए, बितेको राति नियमित गस्ती गरिरहेको समय सिलचर पुलिसले क्यापिटल पोइन्टमा एउटा ट्रक (एएस-26एसी-0338)-लाई लापरवाहीसितले वाहन हाँकेको अनि पुलिसका संकेतहरूलाई अदेखा गरेकोमा रोक्यो। त्यसपछि वाहनको जाँच गर्दा प्रचुर मात्रामा मेघालय निर्मित अंग्रेजी मदिरा भेटियो। यी मदिराहरूमा रोयल स्ट्यागको 80 कार्टन (प्रत्येकमा 750 मिलीको 12 वटा बोतल), इनोभेशन मास्टरीको 5 कार्टन (प्रत्येकमा 750 मिलीको 12 वटा बोतल), अफिसर्स चोइस ब्लूको 5 कार्टन (प्रत्येकमा 750 मिलीको 12 वटा बोतल) सामेल छन्। पुलिसले ट्रक चालकलाई पक्राउ गरेर अग्रिम कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande