पश्चिम बंगालमा यूजी प्रवेश पोर्टलको समय-सीमा 5 अगस्तसम्म बढ़्यो, ओबीसी श्रेणी अपडेटको कारणले लिइएको हो फसेला
पश्चिम बंगालमा यूजी प्रवेश पोर्टलको समय-सीमा 5 अगस्तसम्म बढ़्यो, ओबीसी श्रेणी अपडेटको कारणले लिइएको हो फसेला


कोलकाता, 05 अगस्त (हि. स.)। पश्चिम बंगाल सरकारले राज्य संचालित तथा अनुदान प्राप्त कलेजहरूमा स्नातक पाठ्यक्रमको लागि केन्द्रिकृत प्रवेश पोर्टलको अन्तिम तिथिलाई बढ़ाएर अब 5 अगस्त अर्थात मंगलवार राति 12 बजेसम्म बनाइदिएको छ। यो निर्णय ओबीसी श्रेणीलाई ध्यानमा गरेर लिइएको हो।

राज्यको यो प्रवेश पोर्टल गत 17 जुलाईदेखि शुरू भएको थियो, तर कलकत्ता हाई कोर्टद्वारा राज्यको संशोधित ओबीसी सूचीमाथि रोक लगाइएको कारणले प्रक्रियामा अड़चन आएको थियो। तर सुप्रीम कोर्टले गत 28 जुलाईमा यो रोकलाई हटाइदिएपछि पश्चिम बंगाल संयुक्त प्रवेश परीक्षा (डब्ल्यूबीजेईई) औ अद्यतन ओबीसी श्रेणी अन्तर्गत कलेजहरूमा प्रवेशको मार्ग स्पष्ट भएको छ।

सुप्रीम कोर्टको फसेलापछि उच्च शिक्षा विभागले गत 29जुलाईदेखि पोर्टलमा विद्यार्थीहरूको लागि सामाजिक श्रेणी सम्बन्धि विवरण अपडेट गर्ने सुविधा शुरू गऱ्यो। मुख्य सचिव मनोज पन्तले गए सोमवार राति यस कुराको पुष्टि गरे, सामाजिक श्रेणी विवरण जमा गर्ने वा अपडेट गर्ने अन्तिम तिथि 5 अगस्तको राती 12 बजेसम्म तय गरिएको छ। पहिला यो समय-सीमा 4 अगस्तसम्म मात्र थियो।

मुख्य सचिवले स्पष्ट पारे, अभ्यर्थीहरूले निर्धारित समय-सीमाभित्रमा आफ्नो सामाजिक श्रेणी सम्बन्धि जानकारी पोर्टलमा अपडेट गर्न सकेनन् भने त्यसलाई नियमानुसार डिफल्ट मानिनेछ र पछि कुनै पनि प्रकारको बदलाउलाई स्वीकार गरिनेछैन।

राज्य बोर्डको उच्च माध्यमिक परीक्षाको परिणाम गत 7 मईमा घोषणा भएको थियो। यसपालि पोर्टलमा 17 वटा विश्वविद्यालयसित सम्बद्ध 460 वटा राज्य संचालित तथा राज्य सहायता प्राप्त कलेजहरू सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande