बंगाल सरकारको रेकर्डबाट मेटिएको छ चार वटा विधानसभा क्षेत्रको मतदाता सूची
बंगाल सरकारको रेकर्डबाट मेटिएको छ चार वटा विधानसभा क्षेत्रको मतदाता सूची


कोलकाता, 05 अगस्त (हि.स.)। पश्चिम बंगालका विधानसभा क्षेत्रहरूको वर्ष 2002- को विशेष गहन पुनरीक्षणमा (एसआईआर) मतदाता सूचीहरूलाई लिएर चकित पार्ने मामिला सामु आएको छ। राज्यका चार वटा विधानसभा क्षेत्रहरूको सूची रेकर्डबाट मेटिएको छ जसमा बीरभूम जिल्लाका मुराराई, रामपुरहाट, रेजीनगर तथा दक्षिण 24 परगना जिल्लाको कुलपी सामेल छन्।

मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयका एक जना अधिकारीले मंगलवार यस आशयको पुष्टि गर्दै बताए, यी सूचीहरू 23 वर्ष अगाड़िको हो जसलाई संरक्षण गरेर राख्नुपर्थ्यो। यदि अनुसन्धान गर्दा पनि सूची पाइएन भने विकल्पको रूपमा वर्ष 2003-को प्रारम्भिक सूची जारी गरिनेछ।

राज्यका मुख्य चुनाउ अधिकारी मनोज कुमार अग्रवालले सम्बन्धित जिल्लाका म्याजिस्ट्रेटहरूलाई चाँड़ै यी सूचीहरूको बारेमा पत्तो लगाउने निर्देश दिएका छन्। एकजना अधिकारीले आफ्नो नाम प्रकाशमा नल्याइदिने शर्तमा बताए, यस मामिलामा विस्तृत जाँच शुरू गरिएको छ।

स्मरण गराइन्छ, बंगालमा पछिल्लो एसआईआर वर्ष 2002-मा भएको थियो। चुनाउ आयोगले यस प्रक्रियाको शुरूआत बिहारबाट गरेको थियो पछि अन्य राज्यहरूमा पनि यसलाई लागू गर्ने निर्णय लियो। पश्चिम बंगालमा अहिलेसम्ममा 11 वटा जिल्ला 100 भन्दा अधिक विधानसभा क्षेत्रहरूको सूची जारी भइसकेको छ भने रहल जिल्लाहरूको सूची यसै हप्ताभित्रमा प्रकाशित हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande