नयाँ दिल्ली, 05 अगस्त (हि.स.)। रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानी ब्याङ्क ऋण धोकाधड़ी मामिलामा मंगलवार प्रवर्तन निदेशालय (ईडी) समक्ष यहाँ पेश भए। आधिकारिक सूत्रहरू अनुसार, ईडीले 17,000 करोड़ रूपियाँको ब्याङ्क ऋण धोकाधड़ी मामिलाको जारी जाँच अन्तर्गत अनिल अम्बानीसित सोधपुछ गरिरहेको छ। सोधपुछको निम्ति ईडीले उनलाई नोटिस पठाएको थियो, जसपछि आज उनी पूर्वाह्न लगभग 11 बजी नयाँ दिल्ली स्थित ईडीको कार्यालय पुगे।
सूत्रहरूले बतायो, ईडीले 66 वर्षीय उद्योगपति अनिल अम्बानीको बयान धन शोधन निवारण अधिनियम 2002 अन्तर्गत दर्ता गर्नेछ। 24 जुलाईमा मुम्बईमा ईडीद्वारा उनका व्यावसायिक समूहका अधिकारीहरू सहित 25 जना एवं 50 कम्पनीहरूको 35 ठेगानाको तलाशी लिएपछि उनीलाई यो नोटिस जारी गरियो। ईडीको यो कारबाही रिलायन्स इन्फ्रास्ट्रक्चर (आर इन्फ्रा) सहित अनिल अम्बानीका धेरै कम्पनीहरूद्वारा वित्तीय अनियमितताहरू र 17,000 करोड़ रुपिँयाभन्दा अधिकको सामूहिक ऋणको राशि मिनामिना गर्नुसित सम्बन्धित छ। यसमा पहिलो आरोप 2017 र 2019 बीच येस ब्याङ्कद्वारा अनिल अम्बानी समूहको कम्पनीहरूलाई दिइएको लगभग 3,000 करोड़ रूपियाँको अवैध ऋणको गलत प्रयोगसित सम्बन्धित छ।
हिन्दुस्थान समाचार / भवानी थामी