नयाँ दिल्ली, 05 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र फिलिपीन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसबीच मंगलवार नयाँ दिल्लीको हैदराबाद हाउसमा द्विपक्षीय वार्ता भयो। यस एतिहासिक वार्तामा दुवै देशले आपसी सम्बन्धहरूलाई ‘रणनीतिक साझेदारी’ को स्तरसम्म लैजाने निर्णय लिए।
प्रधानमन्त्री मोदी र राष्ट्रपति मार्कोसबीच भएको वार्तापछि दुवै नेताले संयुक्त रूपमा प्रेस वक्तव्य दिए औं यस अवधि समझौताहरूको आदान-प्रदान भयो।
वार्तामा डिजिटल तकनीक, विज्ञान, रक्षा, अन्तरिक्ष, पर्यटन, सांस्कृतिक आदान-प्रदान, व्यापार र समुद्री सहयोग जस्ता विविध क्षेत्रहरूमा समझौताहरू र घोषणाहरूमाथि सहमति बन्यो। यसमा प्रमुख छन्- रणनीतिक साझेदारीको स्थापनाको साझा घोषणा पत्र, सेनाहरूबीच स्टाफ टक्सको रूपरेखा, विज्ञान एवं प्रोद्योगिकी र पर्यटन सहयोग कार्यक्रम (2025-2028), अन्तरिक्ष र डिजिटल तकनीकमा सहयोग र आपराधिक मामिलाहरूमा कानूनी सहायता एवं सजाय काटिरहेका व्यक्तिहरूको आदान-प्रदानको सन्धि सामेल छ।
भारतले फिलिपीन्सलाई एक वर्षको अवधिको निम्ति निःशुल्क ई-टूरिस्ट भीसा सुविधा दिने घोषणा गरेको छ। साथै एक पायलट परियोजना अन्तर्गत फिलिपीन्सको सम्प्रभु डेटा क्लाउड संरचनाको विकासमा सहयोग दिने निर्णय पनि लिइएको छ। दुवै देशले 75औं वर्षगांठमा संयुक्त डाक टिकट जारी गर्ने योजना बनाएका छन्। सूचना संलयन केन्द्र - हिन्द महासागर क्षेत्र (आईएफसी-आईओआर) मा भाग लिनका लागि फिलीपीन्सलाई निमन्त्रण दिइयो।
हिन्दुस्थान समाचार / भवानी थामी