मोबाइल खोसेर भाग्ने गिरोहका चार बदमाश पक्राउ
मोबाइल खोसेर भाग्ने गिरोहका चार बदमाश पक्राउ


महोबा, 05 अगस्त (हि.स.)। उत्तर प्रदेशको महाबो जिल्लामा पनवाड़ी थाना क्षेत्रमा गत शनिवार राति मोबाइल खोसेर भाग्ने चार शातिर बदमाशहरूलाई पक्राउ गरिएको छ। एक आरोपीदेखि पेस्तोल र एक बाइक जफत भएको छ।

थाना प्रभारी अर्जुन सिंहले मंगलवार बताए, महोबकंठ थाना क्षेत्रको गाउँ दुलारा निवासी रामगोपालले थानामा शिकायत दिएका थिए। उनले बताए, शनिवार राति बाइकमा घर गइऱहेका थिए, तब बाइक सवार चार बदमाशले बैन्दो मोड़ नजिक उनको मोबाइल खोसेर भागे। पीड़ितको शिकायतमा पुलिसले अज्ञात मानिसहरू विरूद्ध रिपोर्ट दर्ता गरी मामिलाको जाँच गऱ्यो। घटनामा सामेल चार बदमाशहरूलाई बैन्दो मोड़ नजिक हिजो राति पक्राउ गरियो। अभियुक्तहरूमा निसवारा गाउँ निवासी संदीप रैकवार, लौलारा निवासी हर्ष कुमार, कैथोलर निवासी सौरभ कुशवाहा र लिधौराखुर्द निवासी राघवेन्द्र राजपूत सामेल छन्।

आरोपीहरूदेखि घटनामा प्रयोग गरिएको बाइक, खोसिएको मोबाइल र अवैध पेस्तोल जफत भएको छ। पुलिसले सबै आरोपीहरूलाई पक्राउ गरि अघिको कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande