पञ्जाबः अमृतसर र गुरदासपुरमा एनआईएको छापामारी
पञ्जाबः अमृतसर र गुरदासपुरमा एनआईएको छापामारी


चण्डीगढ़, 05 अगस्त (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले कबूतरबाजी मामिलाको जाँचको क्रममा मंगलवार अमृतसर तथा गुरदासपुरमा छापा मारेको छ। छापामारीको कारबाही धेरै घण्टासम्म चल्यो। यस अवधि एनआईएका अधिकारीहरूले धेरै अहम दस्तावेज तथा ल्यापटप आदि आफ्नो कब्जामा लिएका छन्।

डंकी रूटदेखि अमेरिका पुग्ने हरियाणा र पञ्जाबका धेरै युवहारूलाई फर्काइएको थियो। यी युवाहरूलाई फर्काइएदेखि नै एऩआईएले यस मामिलामा जाँच गरिरहेको छ। एनआईएटका टीमहरूले आज अमृतसर शहरको शास्त्री नगर र गुरदासपुरको फतेहुगढ़ चूड़िया क्षेत्रमा एउटा घरमा छापा माऱे। एनआईएका अधिकारीहरूको एक टीमले अमृतसरमा विशाल शर्मा नाम गरेको युवकको घऱमा छापा माऱ्यो। विशालले रंजीत एवेन्यूमा इमीग्रेशन कारोबार गर्दछ। यस बाहेक एनआईएको एक अन्य टीमले गुरदासपुरको फतेहगढ़ चूड़िया नजिक स्थित गाउँ चितौडग़ढ़मा एनआईएले सेवानिवृत्त सैनिक काका फौजी उर्फ कश्मीर सिंहको घरमा छापा माऱ्यो।

दुवै ठाउँ एनआईए टीमहरूको सर्च अपरेशनमा स्थानीय पुलिस पनि उपस्थित रह्यो र क्षेत्रको सुरक्षा बढ़ाइएको थियो। एनआईएलाई युवकको व्यवासयसित सम्बन्धित केही संदिग्ध दस्तावेजहरू वा गतिविधिहरूको जानकारी प्राप्त भएको थियो। दुवै ठाउँ एनआईएका अधिकारीहरूले धेरै अहम दस्तावेज आदि जफत गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande