पटना, 05 अगस्त (हि.स.)। बिहारमा 10 अगस्तदेखि राहुल गान्धी र तेजस्वी यादवको शुरू हुन गइरहेको मतदाता अधिकार यात्रा स्थगित गरिएको छ। यस यात्रालाई दुई चरणमा सासारामदेखि शुरू भएर विभिन्न जिल्लाहरू हुँदै पटना पुग्नुथियो, जसमा कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगे र प्रियंका गान्धी पनि सामेल हुनेथिए तर कुनै कारणवश मतदाता अधिकार यात्रा स्थगित गरिएको छ। अब 15 अगस्त पश्च्यात् यस यात्राको शुरूआत हुनेछ। यात्रा स्थगित गरिएको जानकारी राष्ट्रिय जनता दलको तर्फबाट दिइएको छ।
राजदका प्रदेश प्रधान महासचिव रणविजय साहूले बताए, राष्ट्रिय जनता दलको प्रदेश कार्यालयको पत्रांक 168 दिनांक 04 अगस्त 2025 द्वारा पत्रमा नेता राहुल गान्धी र बिहार विधानसभाका नेता प्रतिपक्ष तेजस्वी प्रसाद यादवको भोट अधिकार यात्रा कार्यक्रमको सूचना जारी गरिएको थियो। तर अपरिहार्य कारणहरूले उपरोक्त यात्रा कार्यक्रमको तारिकमा बदलाव भएको छ, यसैले नयाँ तारिकको घोषणा हुञ्जेलसम्म यस सूचनालाई निरस्त मानियोस्। आगामी कार्यक्रमको सूचना दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी