डेरा सच्चा सौदा प्रमुख राम रहीम 40 दिनको परोलमा जेल बाहिर आए
रहीम


रोहतक, 05 अगस्त (हि.स.)। साध्वी यौन शोषण मामिलामा सुनारिया जेलमा सजाय काटिरहेका डेरा प्रमुख राम रहीमलाई 40 दिनको परोल दिइएको छ। मंगलवार बिहान कड़ा सुरक्षाबीच उनी जिल्ला कारागारबाट बाहिर निस्के।

मंगलवार बिहान लगभग 7 बजी डेरा सच्चा सौदा प्रमुख राम रहीम जिल्ला कारागार सुनारियाबाट 40 दिनको परोलमा बाहिर निस्के। यस अवधि जेल परिसरमा सुरक्षाको अतिरिक्त प्रबन्ध रह्यो।

यही साल 09 अप्रेलमा उनी 21 दिनको परोलमा बाहिर आएका थिए औं उनी 14औं पल्ट जेल बाहिर आइसकेका छन्। जेल अधीक्षक सत्यवानको भनाई छ, जेल नियमहरू अन्तर्गत उनलाई परोल दिइयो।

राम रहीम साध्वीहरूसित रेप र हत्याको केसमा 20 वर्ष जेलको सजाय काटिरहेका छन्। यस पाली उनी आफ्नो जन्मदिन मनाउन बाहिर आएका हुन्। उनको 15 अगस्तमा 58औं जन्मदिन हो। परोल नियमहरू अनुसार, उनलाई सिरसा डेरामा भीड़ एकत्र गर्ने अनुमति छैन। फेरिपनि उनी भर्चुअली आफ्ना अनुयायीहरूलाई सम्बोधित गर्नसक्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande