नयाँ दिल्ली, 05 अगस्त (हि.स.)। दिल्लीको लाल किल्ला वरपर जाँचमा पाँच संदिग्ध युवकहरूलाई सुरक्षाकर्मीहरूले पक्राउ गरे। सोधपुछमा थाहा लाग्यो कि यी सबै 20 देखि 25 वर्षका आयुका युवक बांग्लादेशी नागरिक हुन्। यिनीहरू गत 3-4 महिना अगाड़ी अवैध रूपमा भारत छिरेका थिए।
उत्तरी जिल्लाको डीसीपी राजा बान्ठिया अनुसार, जाँचमा युवकहरूदेखि न त लाल किल्लामा प्रवेशको वैध पास थियो न त कुनै वैध भारतीय दस्तावेज। जब उनीहरूलाई रोकियो तब उनीहरूले बताए कि उनीहरू दिल्लीमा मजदूरीको काम गरिरहेका छन् र घूम्ने मनसायले लाल किल्ला हेर्न आएका थिए। उनीहरूलाई जानकारी थिएन कि 15 जुलाईदेखि किल्ला आम जनताको निम्ति बन्द गरिएको छ।
जाँचमा उनीहरूदेखि बांग्लादेशी पहिचानसित सम्बन्धित केही दस्तावेज फेला परेको छ। यद्यपि, सोधपुछमा अहिलेसम्म कुनै आपराधिक वा संदिग्ध गतिविधि अघि आएको छैन। पुलिसले विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ) लाई यिनीहरू पक्रा परेको जानकारी दिएको छ। सबैलाई डिटेन्शन सेन्टर पठाइएको छ, छिट्टै नै यिनीहरूलाई पुनः यिनीहरूको देश पठाउने प्रक्रिया शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी