एबीआरएसएमले गऱ्यो “हाम्रो विद्यालय-हाम्रो स्वाभिमान” अभियानको आयोजन
एबीआरएसएमले गऱ्यो “हाम्रो विद्यालय-हाम्रो स्वाभिमान” अभियानको आयोजन


नयाँ दिल्ली, 1 सेप्टेम्बर(हि.स.)। अखिल भारतीय राष्ट्रिय शैक्षिक महासंघ (एबीआरएसएम)-कोतत्वावधानमा सोमवार देशभरि नै पाँच लाखभन्दा अधिक स्कूलहरूमा “हाम्रो विद्यालय –हाम्रो स्वाभिमान” अभियानको आयोजन गरियो। यस कार्यक्रममा देशभरिका विद्यार्थी एवं शिक्षकहरूले एक साथ पाँच सूत्रीय संकल्प पढ़ेर शिक्षा, नैतिक मूल्य एवं राष्ट्र निर्माणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।

योअभियान एबीआरएसएमको व्यापक दृष्टि “हाम्रो विद्यालय –हाम्रोतिर्थ”-को एक भाग हो जसको उदेश्य हरेक स्कूलमा गर्व, अनुशासन एवं जिम्मेवारीको भावना जागृत गर्नु हो।

दिल्लीमा आयोजित पत्रकार वार्तामा एबीआरएसएमकी राष्ट्रिय महामन्त्री गीताभट्टले जानकारी गराइन्, “हाम्रो विद्यालय – हाम्रो स्वाभिमान” अभियानको मुख्य उदेश्य तथा शिक्षकहरूमा गर्व, जिम्मेवारी एवं नैतिक मूल्यहरूको भावनालाई प्रोत्साहित गर्नु हो। उनले भनिन्, शिक्षा ज्ञानको माध्यममात्र नभेर यो चरित्र निर्माण, सामाजिक जिम्मेवारी तथा राष्ट्रनिर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने साधन पनि हो।

उनले बताइन्, एबीआरएसएमको यस ऐतिहासिक अभियानमा नेता, विद्यार्थी एवं शिक्षकहरूले एकसाथ बहुभाषामा संकल्प लिए जसबाट भारतको सांस्कृतिक विविधताको झलक देख्न पाइयो। निजी विद्यालयहरूमा पनि यस अभियानले व्यापक प्रतिक्रिया पायो जसवे यसको समावेशी प्रकृतिलाई दर्शाउँछ।

गीता भट्टले भनिन्, यो राष्ट्रिय संकल्प स्वतन्त्र भारतमा शिक्षाको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो पहलहरूमध्ये एक हो जसले यो बताउँछ कि स्कूलकेवल शिक्षाको केन्द्र होइन, चरित्र निर्माण र राष्ट्रिय गौरवको आधार पनि हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande