एबीवीपीले मलाई राष्ट्रको लागि जिउने संकल्प दियोः रेखा गुप्ता
एबीवीपीले मलाई राष्ट्रको लागि जिउने संकल्प दियोः रेखा गुप्ता


नयाँ दिल्ली, 1 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- को मूल मन्त्र 'व्यक्ति निर्माणदेखि राष्ट्र निर्माण हो।' आज म पछि फर्केर हेर्दा अनुभव गर्दछु कि एबीवीपीले मलाई जीवनको लक्ष्य दियो, संघर्ष गर्ने मार्ग देखायो तथा राष्ट्रको लागि जिउने संकल्प दियो।

मुख्यमन्त्रीले आज दिल्ली विश्वविद्यालयमा एबीवीपीको स्वयं सिद्धा कार्यक्रमको शुभारम्भको अवसरमा भनिन्, यहाँ विद्यार्थीहरूसित सम्वाद गर्ने तथा उनीहरूलाई सम्मानित गर्ने अवसर प्राप्त भयो। यिनीहरूमाझ आएर सदैव नयाँ ऊर्जा अनुभव हुन्छ। उनले भनिन्, स्वयं सिद्धा छोरीहरूको अपार सम्भावनालाई चिन्हित गर्ने तथा उनीहरूलाई तिखार्ने उत्सव हो। अखिल भारतीय विद्यार्थी परिषदले वर्षौंदेखिको यस परम्परालाई निभाउँदै अहिलेसम्ममा 20 हजारभन्दा अधिक वुमेन एचिभर्सलाई सम्मानित गरिसकेको छ। यो सम्मान नारी शक्तिको त्यस अटुट भूमिकाको प्रतीक हो जसले भारतलाई प्रगति र गौरवको शिखरसम्म पुऱ्याउँछ।

मुख्यमन्त्रीले सबै विद्यार्थीहरूसित आह्वान गरिन्, एबीपीवीसित आवद्ध भएर तथा मिलेर राष्ट्र निर्माणको प्रण गरौं। यस अवसरमा एबीवीपीकी नेशनल गर्ल्स इञ्चार्ज मनु शर्मा कटारिया, नेशनल सेक्रेटरी शिवांगी खरवाल, डूसू सचिव मित्राविन्दा करणवाल तथा डूसू उपाध्यक्ष भानु प्रताप सिंह उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande