बीटीसी चुनाउः बीपीएफले उम्मेद्वारहरूको दोस्रो सूची जारी गऱ्यो
बीटीसी चुनाउः बीपीएफले उम्मेद्वारहरूको दोस्रो सूची जारी गऱ्यो


- राइजर दलले चार जना उम्मेद्वारहरूलाई टिकट दियो

कोकराझार, 01 सेप्टेम्बर (हि.स.)। बोड़ोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ) एवं राइजर दलले बोड़ोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) चुनाउको लागि आफ्ना उम्मेद्वारहरूको सूची जारी गरेको छ। बीपीएफका महासचिव मानेश्वर ब्रह्मद्वारा हस्ताक्षरित मोठ आठजना उम्मेद्वारहरूको दोस्रो सूची जारी गरिएको छ। बीपीएफको पहिलो सूचीमा 22 जना उम्मेद्वारहरूको नाम जारी गरिएको थियो।

अर्कोतिर राइजर दलका महासचिव (प्रशासनिक) चिन्मय बोराद्वारा हस्ताक्षरित सूचीमा मोठ चारजना उम्मेद्वारहरूको नाम घोषणा गरिएको छ।

उल्लेखनीय छ, आगामी 22 सेप्टेम्बरमा हुने 40 सदस्यीय बीटीसी परिषदको चुनाउ यसपालि धेरै रोचक हुन गइरहेको छ। विशेष राज्यको सत्ताधारी दल भाजपाले यसपालि आफ्नै दममा एक्लै चुनाउ लड़िरहेको छ। बाजपाले गए राति 28 सदस्यीय उम्मेद्वारहरूको पहिलो सूची जारी गरेको छ।

भाजपाले दाबी गरेको छ, यसपालि बीटीसीको सत्तामा भजपा आउनेछ। अर्कोतिर बीपीएफले बीटीसीको सत्ता हासिल गर्नको लागि यथासम्भव चेष्टा गरिरहेको छ। यसरी नै बीटीसीको सत्तामा काम यूपीपीएलले दोस्रो पल्ट सत्ता हत्याउनको लागि हरसम्भव प्रयासमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande