सिलगढ़ी, 01 सेप्टेम्बर (हि. स.)। अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा एक जना बंगलादेशी नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी)-ले पक्राउ गरेको छ। पक्रा पर्ने बंगलादेशी नागरिकको नाम महत चन्द्र राय हो।
एसएसबी सूत्र अनुसार महत चन्द्र रायलाई दुई महिनापूर्व एक दलालको माध्यमबाट बंगलादेशको पञ्चगढ़ सीमाबाट भारतमा प्रवेश गरेका थिए। त्यसपछिदेखि तिनी खोरीबाड़ीको पानीट्याङ्कीमा बस्दै आइरहेका थिए। एसएसबीले प्राप्त सूचनाको आधारमा आइतवार अबेर राति खोरीबाड़ीमा भारत-नेपाल सीमा पानीट्याङ्कीमा छापा माऱ्यो। पछि एसएसबीले उक्त बंगलादेशी नागरिकलाई खोरीबाड़ी पुलिसमा सुम्पिदियो।
उल्लेखनीय छ, पछिल्लो दुई महिनाभित्रमा सीमावर्ती क्षेत्रहरूमा एघार जना बंगलादेशीहरूलाई पक्राउ गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा