विधानसभा चुनाउपूर्व बंगाल भाजपाका नेताहरूसित केन्द्रिय नेतृत्वले दुई दिवसीय बैठक गर्ने
विधानसभा चुनाउपूर्व बंगाल भाजपाका नेताहरूसित केन्द्रिय नेतृत्वले दुई दिवसीय बैठक गर्ने


कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का केन्द्रिय नेतृत्वले पश्चिम बंगाल विधानसभा चुनाउको तयारीलाई केन्द्र गर्दै मंगलवार र बुधवार (9-10 सेप्टेम्बर)-का दिन राज्यका शीर्ष नेताहरूसित दुई दिवसीय महत्वपूर्ण बैठक गर्ने भएका छन्। यस बैठकमा संगठनात्मक रणनीतिदेखि लिएर बूथ स्तरमा सुदढ़ीरण तथा चुनावी अभियानको दिशामा गहन चर्चा हुनेछ।

नवनियुक्त प्रदेश अध्यक्ष औ राज्यसभा सदस्य शमिक भट्टचार्य पहिलाबाटै दिल्लीमा बसेका छन् जहाँ उनले केन्द्रिय नेतृत्वसित प्रारम्भिक चर्चा गरिसकेका छन्। उनी आगामी 6 सेप्टेम्बरको साँझ केन्द्रिय पर्यवेक्षक सुनिल बन्सलसित कोलकाता फर्किनेछन्। त्यसपछि दुवै नेताले यस सत्रमा भाग लिनेछन्।

पार्टी सूत्र अनुसार बैठकमा बूथ स्तरको संगठनलाई सुदृढ़ बनाउनेमाथि विशेष बल दिइनेछ। यसको साथै आगामी चुनावी अभियानको रणनीति, मुख्य मुद्दाहरूको पहिचान तथा मतदाताहरूसम्म पुग्ने शैली आदिमाथि मन्थन हुनेछ।

बैठकमा प्रदेश भाजपाका पूर्व अध्यक्ष औ केन्द्रिय मन्त्री सुकान्त मजुमदार, विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी तथा आईटी सेल प्रमुख औ बंगालका केन्द्रिय पर्यवेक्षक अमित मालवीय सामेल हुनेछन्।

यसपूर्व गए आइतवार शुभेन्दु अधिकारीले प्रदेश भाजपा चुनाउ समितिको बैठक गरेका थिए। उनले बताए, केन्द्रिय नेतृत्वले उनलाई चुनाउ सम्बन्धि केही ‘अलिखित जिम्मेवारी’ दिएका छन् जसलाई उनले पूर्ण गम्भीरताले निर्वाह गरिरहेका छन्।

पार्टीका एक जना पदाधिकारीले संकेत दिए, बिहारपछि भारत निर्वाचन आयोगले पश्चिम बंगालमा पनि विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया शुरू गर्नसक्छ। त्यसैले बैठकमा यस सम्बन्धमा पार्टी नेता तथा कार्यकर्ताहरूको भूमिकामाथि चर्चा हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande